चितवन, असार ८- मेषः प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । सामाजिक क्षेत्रमा वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिनेछ । दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ ।
वृषः परिश्रम अनुसार फल प्राप्त नहुन सक्नेछ । सोचे भन्दा आम्दानी कम र बढि खर्च युक्त समय रहनेछ । अवसर प्रशस्त्रै आउनेछन् तर सोचेको लाभ भने लिन नसकिएला । वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउने होकि जस्तो देखिन्छ ।
मिथुनः आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ । मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु राम्रो पक्ष हुनेछ । सञ्चित धनमा वृद्धिको लागि नयाँ अवसरहरू मिल्नेछन् ।
कर्कटः बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन रहेको छ । दिमागलाई सही फ्रेममा राख्नुहोला । सबै विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिनेछ । भनेको सबै काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ ।
सिंहः आज परहीत र सामाजिक काममा दौडधूप हुन सक्नेछ । सेवा भावना र धार्मिक स्वभावको उदय हुनेछ । नबोली नहुने कुरामा मात्र आफ्नो मुख खोल्नु उचित हुनेछ ।
कन्याः आँटेताकेको काम रोकिने भयले सताउनेछ । समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जान सक्नेछ । लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ ।
तुलाः जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । व्यापार व्यवसायमा मनग्गे आम्दानी हुनेछ । रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्नेछ ।
बृश्चिकः प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ । व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बनाउने समय रहेको छ ।
धनुः मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण होला । राजनैतिक क्षेत्रमा त्यति फलदायी हुने छैन । व्यापार व्यवसायमा गोपनियता भंंग हुनसक्नेछ । नोकरी तथा पेशामा धैर्यता संगै सोच विचार गरेर निर्णय लिनु राम्रो पक्ष हुनेछ ।
मकरः परिवारका सदस्यसँग विवाद बढ्ने योग रहेको छ । आफन्तहरु टाढिनेछन् । सानातिना घरेलु समस्याहरुले साताउनेछ । पेटको समस्या निम्ताउला । आज निडर र आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्नु राम्रो पक्ष हुनेछ ।
कुम्भः लगानी गर्नुपर्ने समय छ । वैदेशिक यात्राको योग रहला । सन्तान पक्षबाट शुभ खबर मिल्नेछ । समय आफूअनुकूल हुँदा सबै कुरामा सहज हुनेछ । नोकरी तथा पेशा व्यवसायमा मेहनतले आफ्नो सम्मान स्थान प्राप्त गर्न सक्नुहुनेछ ।
मीनः खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्ने छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला । कुनै नयाँ कार्य थाल्नुभन्दा अघि उपयुक्त समयको चयन गर्नु उचित हुनेछ ।