चितवन, जेठ २९- मेष: समाजिक कार्यमा संलग्न हुने मौका मिल्न सक्ने छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । लाभदायक र सुखद् यात्रा हुने योग छ । सामाजिक कामको दायित्व बढ्नेछ । घरमा पाहुनाको स्वागत गर्न पाईने समय छ ।
वृष: आज शारीरिक तथा मानशिक थकान बढ्नेछ । कुनै पनि काममा कडा मेहनत गर्नुपर्ने समय छ । सवारी तथा घरायसी सामान खरिद नगर्नु राम्रो हुनेछ । लोकाचारका लागि फजुल खर्च बढ्न सक्नेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु राम्रो पक्ष हुनेछ ।
मिथुन: भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थी समृद्ध बन्नेछ । विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्ने समय छ । प्रियजनको साथले दिन रमाइलो रहनेछ । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । अड्किएर रहेका कामहरु पनि फत्ते हुने देखिन्छ ।
कर्कट: प्रतिस्पर्धीहरूले हार खानेछन् । घरमा सुख–समृद्धि बढ्नेछ । भूमि लगायत स्थायी सम्पत्ति हातपार्ने समय छ । संगोलको सम्पत्तिमा भने भागबन्डा लाग्ने सम्भावना छ । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन पनि परेको देखिन्छ ।
सिंह: मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ । व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित भईने समय छ । राज्य पक्षले हजुरको वौद्धिकता प्रती सम्मान प्रकट गर्ने योग परेको छ ।
कन्या: पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । प्रक्रिया नमिल्नाले केही काम दोहोर्याउनु पर्ला । सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । बौद्धिक र रचनात्मक काममा चाहिँ आंशिक सफलता मिल्नेछ ।
तुला: सामाजिक कामको दायित्व थपिने छ । कृषि, वन र माटो सम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । शैक्षिक क्षेत्रमा नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ्ङ रहने छ ।
बृश्चिक: परोपकार आदि समाज सेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । रत्न सँग सम्बन्धित कार्यहरुबाट विशेष लाभ देखिएको छ । दीर्घकालीन योजना कार्यान्वयनका लागि उत्तम समय रहेको छ ।
धनु: मनपर्ने वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन् । व्यापार तथा पेशागत जिम्मेवारी बढ्नेछ । शैक्षिक उन्नति प्रगतिको समय छ । सानो प्रयासले राम्रो उपलब्धि हात लाग्नेछ । आज मिष्ठान्न भोजनको अवसर पनि जुट्ने छ ।
मकर: अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ । आफ्नो विचार विपरीत निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुनेछ । तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
कुम्भ: आज आफ्नो शोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । बोलीकै भरमा पनि काम सम्पादन हुनेछन् । नसोचेको ठाउँबाट धनागम हुने समय रहेको छ ।
मीन: आज प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पति परिचालन गरि मनग्य आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । नयाँ तथा शुभकार्यको चर्चा चल्नेछ ।