दिल्ली, जेठ २९–
भारतको गुजरातस्थित अहमदाबादमा विमान दुर्घटना भएको छ ।
लण्डनका लागि उडेको एयर इण्डियाको विमान एयरपोर्टबाट टेकअफ हुने बित्तिकै दुर्घटनामा परेको हो । दुर्घटनामा हालसम्म ६ जनाको मृत्यु भएको जीन्यूजले जनाएको छ । दुर्घटनामा भीआइपीहरु समेत परेको हुन सक्ने अनुमान गरिएको छ ।
विमानमा २४२ जना यात्रु सवार थिए ।