काठमाडौं : ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र फुर्बा तामाङबीच समझदारी भएको छ ।
दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो ।
सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ । मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् ।
दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।