• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

सप्तरीका ५०० घर डुबानमा

आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

नारायणी नदीको जल सतह निरन्तर घट्दै

नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक

बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु

लोकप्रिय समाचार

  • १. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ३. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ५. गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ६. कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • ७. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • ८. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

  • ९. सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • १०. अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा


सुदूरपश्चिम, असोज ९– सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा आज रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको छ ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज रातिदेखि वर्षा निरन्तर बढ्ने भएकाले जोखिमका दृष्टिले सुदूरपश्चिममा थप सतर्क रहनुपर्ने अवस्था रहेको बताउनुभयो । शनिबारदेखि पानी पर्ने क्रम थप बढ्ने र प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम बढ्ने उहाँले जानकारी दिनुभयो ।

आज राति प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम कार्यालयले जनाएको छ ।

आगामी २४ घण्टामा आकस्मिक बाढीको जोखिम

आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका चार जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान ८ः०० बजेदेखि २४ घण्टाका लागि गरेको आकस्मिक बहाव ९फ्ल्यास फ्लड० जोखिम पूर्वानुमानमा प्रदेशका डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च जोखिमको तहमा राखेको छ ।

महाशाखाको पूर्वानुमान नक्साअनुसार बैतडी, दार्चुला, बाजुरा, अछाम र बझाङमा मध्यम जोखिम रहेका प्रमुख साहले जानकारी दिनुभयो । पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा भइरहेको वर्षासँगै साना नदी, खोला तथा खहरेमा पानीको बहाव बढ्नसक्ने भएकाले आकस्मिक बाढीको जोखिम बढेको भन्दै उच्च जोखिममा रहेका जिल्लाका नदी तथा खोला तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।

यहाँका उच्च जोखिममा रहेका जिल्लाका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बाढी आउने सम्भावना उच्च हुने भएकाले आवश्यक तयारी अवस्थामा रहन स्थानीय तहलाई पनि आग्रह गरिएको छ । स्थानीय तह तथा सरोकार भएका निकायलाई आपत्कालीन तयारीका सामग्री तयारी अवस्थामा राख्नुका साथै उद्धार तथा राहतका स्रोतसाधन परिचालन गर्न सोहीअनुसार तयार रहन समन्वय भइरहेको कार्यालय प्रमुख इन्जिनियर साहले जानकारी दिनुभयो ।

उच्च जोखिममा रहेका डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरका नागरिकले नदी, खोला तथा खहरे आसपास अनावश्यक आवतजावत नगर्न, पानीको सतह बढेको अवस्थामा खोला नतर्न तथा मौसम र बाढीसम्बन्धी सूचना नियमित रूपमा लिन उहाँले आग्रह गर्नुभयो । जोखिम बढेमा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशनअनुसार सुरक्षित स्थानतर्फ जानसमेत तयारी अवस्थामा रहन सचेत गराइएको छ ।

मध्यम जोखिममा रहेका बैतडी, दार्चुला, बाजुरा र अछामका नदीको जलस्तर बढ्नसक्ने भएकाले नदी तटीय तथा होचा भूभागका बासिन्दाले सतर्क रहन र पूर्वसूचना प्राप्त गरिरहनुपर्ने जनाइएको छ । स्थानीय तह तथा सम्बन्धित निकायले नदीको अवस्थाबारे निगरानी बढाउँदै समुदायलाई समयमै सूचना दिनसमेत सचेत गराइएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको पछिल्लो वर्षा निगरानीमा सुदूरपश्चिमका विभिन्न स्थानमा उल्लेख्य वर्षा मापन भएको छ । केही स्थानमा पछिल्लो २४ घण्टामा ७० मिलीमिटरभन्दा बढी वर्षासमेत मापन भएकाले वर्षा र त्यसबाट नदी खोलामा पर्नसक्ने प्रभावलाई जोडेर तयारी गर्न भनिएको छ । यहाँ आज सबैभन्दा बढी कैलालीको भजनी नगरपालिका क्षेत्रमा ७५ दशमलव छ मिलीमिटर वर्षा मापन गरिएको छ ।

यसै आधारमा सुदूरपश्चिमका अधिकांश स्थानीय तहले पूर्वतयारीस्वरुप नियमित मौसमी बुलेटिन अद्यावधिक गर्ने र सोहीअनुसार विभिन्न माध्यमबाट समुदायमा सूचना प्रवाह गरिरहेका छन् । बाढी तथा अतिवृष्टिसम्बन्धी सूचना लिन टोल फ्री नम्बर ११५५ मा नियमित सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
सप्तरीका ५०० घर डुबानमा
नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो
नारायणी नदीको जल सतह निरन्तर घट्दै
नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक

लोकप्रिय

  • १.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ५.
    गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ६.
    कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

भर्खरै

  • १.
    बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  • २.
    पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सप्तरीका ५०० घर डुबानमा

  • ५.
    आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

  • ७.
    नारायणी नदीको जल सतह निरन्तर घट्दै

  • ८.
    नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.