• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

सप्तरीका ५०० घर डुबानमा

आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

नारायणी नदीको जल सतह निरन्तर घट्दै

नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक

बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु

लोकप्रिय समाचार

  • १. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ३. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ५. गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ६. कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • ७. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • ८. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

  • ९. सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • १०. अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता


बागलुङ,असोज १२-  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको छ ।

तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता हुनुभएको छ ।

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन् ।

यस्तै, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ । शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको थियो ।

बाढी र पहिरोले तनहुँमा २४ घरमा क्षति

विगत केही दिनदेखिको वर्षाका कारण बाढी र पहिरोले तनहुँका छ स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ ।

क्षति पुगेका घरका परिवारलाई प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण व्यास नगरपालिका–१ स्थित राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको छ । भिमाद नगरपालिका–६ मालेबगरमा कुखुराफार्म र बङ्गुरको खोरसमेत बगाएको छ ।

देवघाटको सीता गुफा परिसरमा बाढीले क्षति

तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामान बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीले सीता गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले सीता गुफामा पूजा गर्ने ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।रासस

 

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
सप्तरीका ५०० घर डुबानमा
नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो
नारायणी नदीको जल सतह निरन्तर घट्दै
नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक
बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ५.
    गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ६.
    कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

भर्खरै

  • १.
    बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  • २.
    पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सप्तरीका ५०० घर डुबानमा

  • ५.
    आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

  • ७.
    नारायणी नदीको जल सतह निरन्तर घट्दै

  • ८.
    नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.