• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सप्तरीका ५०० घर डुबानमा

आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

नारायणी नदीको जल सतह निरन्तर घट्दै

नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक

बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु

नारायणी नदीमा बाढी आएपछि गैंडाकोट तर्फ तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

नारायणीमा निरन्तर पानीको बहाब बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला

नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ५. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ६. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ७. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ९. गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • १०. कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

सप्तरीका ५०० घर डुबानमा


सप्तरी,असोज ११- लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन् । शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।”

बागलुङका विभिन्न सडक अवरुद्ध

बागलुङः लगातारको वर्षाका कारण बागलुङका दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित विभिन्न शाखा तथा ग्रामीण सडकमा बाढीपहिरोले क्षति पुर्याउँदा यातायात सेवा प्रभावित बनेको हो ।

गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट–ताराखोला सडकको गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले पक्की सडक कटान गरेपछि शुक्रबारदेखि सडक अवरुद्ध भएको छ । बागलुङ बजारदेखि तित्याङ, रायडाँडा हुँदै भकुण्डे जोड्ने सडकको बागलुङ नगरपालिका–३ गौडाकोटमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित गणेशथान घुम्तीदेखि निरयघाट जाने सडकमा पहिरो खस्दा सडक बन्द भएको छ ।

पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सडकसमेत अवरुद्ध भएको छ । बागलुङ बजारदेखि दब्ल्याङ हुँदै बलेवा–कुश्मिसेरा जोड्ने मुख्य सडक अवरुद्ध भएपछि दक्षिण बागलुङको यातायात सम्पर्क टुटेको छ । बागलुङ बजारदेखि मुलपानी–तितौरे जाने सडकको तल्लो पात्लेमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बरेङ जाने सडक, निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने साना सडक तथा ढोरपाटनका ग्रामीण सडकमा समेत ठाउँठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँका अनुसार अवरुद्ध सडक खुलाउन सडक आयोजनाका प्रमुख, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी तथा स्थानीय तहसँग समन्वय भइरहेको छ । लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा जिल्लाका विभिन्न ग्रामीण बस्तीको सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ ।रासस

आइतबार, असोज ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो
नारायणी नदीको जल सतह निरन्तर घट्दै
नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक
बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु
नारायणी नदीमा बाढी आएपछि गैंडाकोट तर्फ तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै
नारायणीमा निरन्तर पानीको बहाब बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ५.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ६.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

भर्खरै

  • १.
    सप्तरीका ५०० घर डुबानमा

  • २.
    आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

  • ४.
    नारायणी नदीको जल सतह निरन्तर घट्दै

  • ५.
    नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक

  • ६.
    बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु

  • ७.
    नारायणी नदीमा बाढी आएपछि गैंडाकोट तर्फ तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

  • ८.
    नारायणीमा निरन्तर पानीको बहाब बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.