चितवन, असोज १०- नारायणी नदीमा पानीको सतह निरन्तर घट्दै गएको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको थियो । नारायणी बेसिन कार्यालय चितवनका अनुसार दिउँसो ३ बजे पानीको सतह आठ दशमलव ९८ मिटर पुगेको थियो । अहिले शनिबार साँझ ७ः३० बजे पानीको सतह घटेर ८ दशमलव ६९ मिटर पुगेको छ ।
कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव घटबढ भएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार नारायणी नदीमा पानीको बहाव सात दशमलव ३० मिटर सर्तकर्ता तह मानिन्छ ।
बहावले नौ मिटर पार गर्दा खतरा तह पुग्ने जनाउँदै प्रमुख अधिकारीले अब फेरि वर्षात भएमा पानीले जोखिम तह पार गर्ने सम्भावना रहेकाले सर्तक रहन सबैमा आग्रह गरिएको उल्लेख गर्नुभयो । नदीले सर्तकता तह पार गरे अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन ।

