चितवन, असोज ११– निरन्तरको वर्षाले नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाट जल मापन केन्द्रका अनुसार आज विहान ६ बजेसम्ममा नारायणी नदीको जलसतह ९.४ मिटर पुगेको छ । जलसतह ९ मिटर पार गरेपछि खतराको तह पार गरिएको मानिन्छ ।
नारायणीमा बाढी बढेसंगै पश्चिम चितवनका बस्तीमा बाढी पस्ने संभावना बढेको छ । प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
चितवनमा पनि रातभर नै वर्षा भएको छ ।

