• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

भारी हिमपातले हिल्सामा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा प्रभावित

नारायणीको भीषण बाढी छेक्दै तटबन्धले जोगायो गैँडाकोटको बस्ती

आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

पहिरोले बेनी बजारका १२ घरमा क्षति

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

लोकप्रिय समाचार

  • १. बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • २. पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४. दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ५. नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

  • ६. विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ७. आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

  • ८. नारायणी नदीको जल सतह निरन्तर घट्दै

  • ९. बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  • १०. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

नारायणीको भीषण बाढी छेक्दै तटबन्धले जोगायो गैँडाकोटको बस्ती


नवलपुर (नवलपरासी),असोज १६ –  यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठूलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो ।

इतिहासकै ठूलो बाढी आउँदा पनि यसपटक गैँडाकोटको वडा नं २ को एउटा बस्तीबाहेक अन्य वडामा बाढीले कुनै क्षति पुर्याउन नसकेको स्थानीय बताउँछन् । नारायणी पुलभन्दा उत्तरतर्फ नदीकिनारमा तटबन्ध नहुँदा एउटा बस्ती डुबानमा परेको थियो । पुलबाट दक्षिणतर्फ निर्माण गरिएको करिब पाँच किलोमिटर लामो तटबन्धले अन्य बस्ती जोगाउन सफल भएको स्थानीयको बुझाइ छ । गैँडाकोटका मनोज परियारले नदीकिनारमा ठूलाठूला ढुङ्गा राखेर गरिएको तटबन्धबाट नदीकिनारको बस्ती जोगिएको बताउनुभयो ।

“नदीकिनारमा ठूलाठूला ढुङ्गा राखिएको छ, जसले हामीलाई जोगायो”, उहाँले भन्नुभयो, “ढुङ्गा नाघेर नदीको छाल घरसम्म आएको थियो, यो ढुङ्गा नहालेको भए हाम्रो धेरै क्षति हुने थियो ।” बाढीले कटान गर्ने क्षेत्रमा निर्माण गरिएको तटबन्धका कारण बस्ती जोगिएको छ । यस्तै, कटान पनि रोकिएको परियारको बुझाइ छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहने नदीकिनारका बस्ती तथा खेतीयोग्य जमिन सुरक्षित पार्न गरिएको तटबन्धले जिल्लाका धेरै बस्ती जोगाएको छ ।

“अघिल्ला वर्षमा नदीमा बाढी आउँदा किनारका बासिन्दा सुरक्षित ठाउँ खोजेर हिँड्नुपर्ने अवस्था थियो”, गैँडाकोट–६ का ४१ वर्षीय राजेन्द्र थापाले भन्नुभयो, “यस वर्ष नारायणीमा ठूलो बाढी आए पनि हामी ढुक्कसँग घरमै बस्न सक्यौँ ।”

आफ्नो वडामा नदी व्यवस्थापनको काम भएपछि कटान रोकिँदा आफूहरू ढुक्क भएर बस्न पाएको थापाले बताउनुभयो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनले आर्थिक वर्ष २०८२\८३ मा नवलपुरतर्फको नदीकिनारमा व्यवस्थित तटबन्ध निर्माण गरेको थियो ।

बाढी आउँदा रातभर सुत्न नसकिने अवस्थाको स्मरण गर्दै स्थानीय खगीसरा रानाले नदी व्यवस्थापनको काम भएपछि ढुक्कसँग बस्न पाइएको बताउनुभयो । गत वर्षदेखि यस क्षेत्रमा नारायणी नदीको कटान पूर्ण रूपमा रोकिएको रानाले बताउनुभयो । अघिल्ला वर्षका बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गर्दै उठिबास लगाएको उहाँले बताउनुभयो ।

“नारायणीको बाढीले मेरो पनि जग्गा लगभग काटेर सक्यो”, किनारमा बस्तीभन्दा अग्लो पारेर गरिएको तटबन्ध देखाउँदै उहाँले भन्नुभयो, “पोहोर साल सरकारले यो ड्याम नबनाएको भए सायद म पनि घरबारविहीन हुने अवस्था आउँथ्यो होला ।” अबका दिनमा नदीकिनारका बासिन्दा डराउनुपर्ने अवस्थाको अन्त्य भएको रानाको भनाइ छ । नदी कटान रोकिएपछि आफूहरूको आधा चिन्ता सकिएको उहाँले बताउनुभयो ।

पुलबाट दक्षिणतर्फ नदी किनारमा गैँडाकोटको वडा नं २, ५, ६, ७ र ९ को भूभाग पर्दछ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले नदीकिनारमा बहुवर्षीय ठेक्का लगाएर व्यवस्थित तटबन्धको काम सम्पन्न गरेको छ । कार्यालयले करिब एक हजार ५०० मिटर बिग बोल्डर तथा करिब पाँच किलोमिटरमा क्रङ्क्रिट तटबन्ध गरेको गैँडाकोट नगरपालिका–६ का वडाध्यक्ष शुभाष चापागाईँले बताउनुभयो ।

“नदीकिनारलाई भिरालो बनाउँदै गरिएको पक्की तटबन्धका कारण बस्ती जोगिन सफल भएको हो”, उहाँले भन्नुभयो, “गैँडाकोटमा गरिएको तटबन्ध नेपालकै नौलो र नयाँ प्रयोग भएको मैले जानकारी पाएको छु ।” बस्तीभन्दा अग्लो पारेर गरिएको तटबन्धका कारण ठूलो बाढीले पनि बस्तीमा कुनै क्षति पुर्याउन नसकेको उहाँले बताउनुभयो । यद्यपि कङ्क्रिट तटबन्ध गरिएको केही स्थानमा बाढीले क्षति पुर्याएको भन्दै त्यसलाई व्यवस्थित रूपमा मर्मत गर्नुपर्ने चापागाईँको भनाइ छ ।

यही असोज ११ गते नारायणीमा पानीको सतह बढेर सबैभन्दा उच्च ११ दशमलव ९३ मिटर पुगेको जल मापन केन्द्र देवघाटले जनाएको छ । नदीकिनारमा गरिएको तटबन्ध बस्तीभन्दा अग्लो भएका कारण बस्तीमा हुने डुबान र कटानबाट गैँडाकोटका नदी तटीय वडा जोगिएका हुन् ।

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भारी हिमपातले हिल्सामा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा प्रभावित
पहिरोले बेनी बजारका १२ घरमा क्षति
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद
रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

लोकप्रिय

  • १.
    बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • २.
    पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४.
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ५.
    नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

  • ६.
    विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

भर्खरै

  • १.
    मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

  • २.
    भारी हिमपातले हिल्सामा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा प्रभावित

  • ३.
    नारायणीको भीषण बाढी छेक्दै तटबन्धले जोगायो गैँडाकोटको बस्ती

  • ४.
    आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पहिरोले बेनी बजारका १२ घरमा क्षति

  • ६.
    हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

  • ७.
    भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ८.
    रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.