• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

पहिरोले बेनी बजारका १२ घरमा क्षति

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

बाढीपहिरोले क्षति पुयाएको बेनी–जोमसोम सडक मर्मत सुरु

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • २. पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४. नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

  • ५. दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ६. विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ७. आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

  • ८. नारायणी नदीको जल सतह निरन्तर घट्दै

  • ९. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

  • १०. बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

पहिरोले बेनी बजारका १२ घरमा क्षति


म्याग्दी, असोज १५ – जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पु¥याएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी नगरपालिका–८ को न्युरोडमा खोरियाको पाखोबाट पहिरो खसेर १२ घरमा क्षति पु¥याएको हो ।

छ वटा घरभित्र पहिरोसँगैको लेदो पसेर बस्न नमिल्ने भएका छन् भने छ घरमा आशिंक क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । “बुधबार दिउँसोदेखि आज बिहानसम्म तीन पटक पहिरो खसेको छ । पाखोमा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै खसेको पहिरोबाट जोखिममा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ”, उहाँले भन्नुभयो, “थप क्षति हुन नदिनका लागि प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काममा जुटेका छौँ ।”

बेनीको न्युरोडका बासिन्दाले गएराति घर छाडेका थिए । कृषि विकास बैङ्क र ग्लोवल आइएमई बैङ्कको शाखा कार्यालयका महत्वपूर्ण सामग्री र कागजपत्र पनि सुरक्षित ठाउँमा सारिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र सुरक्षाकर्मीहरुको टोलीले पहिरोको जोखिममा रहेका घरभित्रबाट सामान सारिरहेका छन् ।

पहिरोको त्रासका कारण न्युरोडबासी रातभर जाग्राम बसेका स्थानीय चिरञ्जिवी शर्माले बताउनुभयो । पहिरो प्रभावित घरका डेरामा बस्नेहरूलाई खानाको व्यवस्था मिलाइएको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । पछिल्लो चार दिनयता पहिरोले जमिन चिरा पार्ने क्रम बढेकामा बुधबारदेखि पहिरो खस्न थालेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष कर्माचार्यका अनुसार करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइमा खरबारी चिराचिरा परेर फुटेको छ । “पाखाका रूखहरू लडेका र ढल्किएका छन् । पानीको मुहान भएको ठाउँबाट सुरु भएको पहिरोले तल र माथि दुवैतर्फ असर गरेको छ । बेनी बजारमा खानेपानी आपूर्ति गराउने मुख्य पाइपलाइन पनि चुँडिएका र ठाउँठाउँमा भाँचिएका छन्,” उहाँले भन्नुभयो ।

यो पहिरोले बेनीको न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घरलाई प्रभावित बनाउने जोखिम छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययनका लागि तत्काल भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताउनुभयो ।

भूगर्भविद्हरूको सुझावका आधारमा पहिरोको थप क्षति आकलन गर्न सकिने बताउँदै उहाँले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन बेनी बजारवासीलाई आग्रह गर्नुभयो । रासस

बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद
रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा
बाढीपहिरोले क्षति पुयाएको बेनी–जोमसोम सडक मर्मत सुरु

लोकप्रिय

  • १.
    बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • २.
    पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४.
    नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

  • ५.
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ६.
    विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

भर्खरै

  • १.
    पहिरोले बेनी बजारका १२ घरमा क्षति

  • २.
    हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

  • ३.
    भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ४.
    रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

  • ५.
    दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

  • ६.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ७.
    बाढीपहिरोले क्षति पुयाएको बेनी–जोमसोम सडक मर्मत सुरु

  • ८.
    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.