चितवन, असार ९- मेषः वाणीमा दोषलाग्न सक्नेछ । बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । प्राविधिक तथा सेवा मूलक कार्यमा सफलता मिल्ला । नाता–सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आर्थिक खर्चको समय छ ।
वृषः अधिकार र प्रतिष्ठा जोगाउन सफल भईनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । स्वादिष्ट भोजनमा रमाईने छ । पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिएला ।
मिथुनः अवसरका लागि केही दौडधुप गर्नुपर्ला । आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्नेछन् । केही धनमाल हराउने वा ठगीमा परिने ग्रहयोग देखिएकाले लेनदेनमा विशेष सावधानी अपनाउनु राम्रो पक्ष हुनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।
कर्कटः आज आम्दानीको क्षेत्र सोचेको भन्दा बढ्ने देखिन्छ । परिवारिक साथसहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
सिंहः आज कर्म बलियो छ, फल मिल्नेछ । मानसम्मानका साथै पदमा समेत वृद्धि हुने देखिन्छ । महत्वपूर्ण योजना गोप्य राख्नु होला । सजग र सतर्कताले कार्यलाई उचाईमा पुर्याउनेछ । आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन् ।
कन्याः काम गर्ने अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्नेछ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्नेछ । सरकारी र प्रशासनिक कार्यहरूमा बाधा आउनेछ । धार्मिक कार्यमा सहभागी भइने समय रहेको छ ।
तुलाः आज कुरा काट्नेहरुले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन् । अझ परिवारका सदस्य र आफन्तको गतिविधि समेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति बन्न सक्नेछ । धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुने देखिन्छ ।
बृश्चिकः प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, व्यापार, व्यवसायमा राम्रै फाइदाको योग छ । समय आफ्नो अनुकुल हुँदा मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
धनुः रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रशन्न रहनेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । शिक्षा क्षेत्रमा लगानी गरेको भए फाइदा हुने देखिन्छ ।
मकरः आज निर्णयात्मक काममा ध्यान केन्द्रित नहुने देखिन्छ । लेनदेनमा विवाद आउन सक्नेछ । घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु राम्रो पक्ष हुनेछ ।
कुम्भः घरमा बसेर पनि धेरै कार्यहरु सम्पादन हुनेछन् । आफन्त सँग भेटघाट हुनेछ । आफनो मेहनत बाट अरुलाई फाईदा हनेछ । साझेदारीमा समस्या आउनेछ । पारिवारिक समस्यालाई लिएर मनमा झर्को लाग्न सक्ने समय रहेको छ ।
मीनः दाजुभाई बिच साझेदारी बढ्ने छ । आत्मविश्वासले अप्ठ्यारो चुनौतीहरू पनि सरल हँुदै जानेछ । राजनितिमा अर्थपूर्ण भेटघाटले नयाँ मोड लिने समय छ । विरोधीबाट भने सजग रहनु होला । रोकिएको काममा साथिभाई इष्टमित्रहरूको साथसहयोग मिल्नेछ ।