×
बिहीबार, साउन ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व,लुतो फाल्ने दिन

आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २. आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ४. आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ६. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ७. आहा ! ढोरपाटन

  • ८. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ९. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • १०. आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?


काठमाडौं,साउन १- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३को मौद्रिक नीतिमार्फत गरेको व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन र परिमार्जन गरेको छ। मौद्रिक नीतिमार्फत ल्याइएका सेयर धितो कर्जा, घरजग्गा कर्जा, बैंकदर तथा नीतिगत दर सम्बन्धी व्यवस्था आज साउन १ गतेबाट लागू हुने गरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा एकीकृत निर्देशन जारी गरेको छ।

मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमामा हेरफेर गरिएको थियो। एकीकृत निर्देशनअनुसार अब सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको छ। तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो सीमा लागू हुनेछैन।

यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह वा नवीकरण गर्नुपर्नेछ। तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ। एकीकृत निर्देशन अनुसार २०८० कात्तिकको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम लगायतका क्षेत्रमा संचालनमा रहेका व्यवसायहरुमा प्रवाहित कर्जा तथा उक्त क्षेत्रमा बसोवास गरिरहेका सर्वसाधारणले लिएको आवासीय घर कर्जा लगायत प्रयोजन खुलेका व्यक्तिगत कर्जालाई ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुलउपर गरी बाँकी आगामी असोज मसान्तभित्र पुनर्तालिकीकरण र र वा पुनर्संरचना गरिसनुपर्नेछ।

यसअघिको घरजग्गा तथा रियल स्टेट कर्जा सम्बन्धी व्यवस्थामा रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको बजार मूल्य बीचको अनुपात (लोन टु भ्यालु रेसियो) बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्ने तर, नीजि आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरु र परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिनेछ व्यवस्था गरिएको थियो। त्यसलाई मौद्रिक नीति मार्फत बढाइएको छ।

नयाँ व्यवस्थाअनुसार पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई विभिन्न शर्तहरुको अधीनमा रही लोन टु भ्यालु रेसियो ८० प्रतिशतसम्म प्रदान गरिने जनाइएको छ। यसका शर्तहरुमा ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा तीन हजार वर्गफिटसम्मको घर वा अपार्टमेन्ट हुनुपर्ने, कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यस पूर्व घर, अपार्ट्मेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गर्नुपर्ने, यस सुविधा अन्तर्गत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन नपाइने, कर्जाको व्याजदर वृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्ने लगायत शर्तहरु छन्।

व्यक्तिगत आवासीय घर कर्जाको अधिकतम कर्जा सीमा रकम ३ करोड रुपैयाँ तोकिएको छ। त्यस्तै बैंकदर ६ प्रतिशत कायम गरिएको छ। व्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर २.७५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ४.५ प्रतिशत कायम गरिएको छ।

बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड
आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर
आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व,लुतो फाल्ने दिन
भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २.
    आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ४.
    आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ६.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

भर्खरै

  • १.
    “One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

  • २.
    देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ३.
    आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

  • ४.
    मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

  • ५.
    आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ६.
    आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व,लुतो फाल्ने दिन

  • ७.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.