गैँडाकोट- घर तथा कार्यालयका लागि आवश्यक सम्पूर्ण फर्निचर सामग्रीहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले ‘होम हेप्पीनेस हव’ ले गैँडाकोट–५, नवलपुरमा आफ्नो सेवा सुरु गर्दैछ। करिब डेढ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यो आधुनिक फर्निचर बिक्री केन्द्र भोलिदेखि (बिहीबार) औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो।
उद्घाटन कार्यक्रम भोलि बिहान ११ बजे हुने छ, जसको उद्घाटन गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले गर्नुहुनेछ।
सञ्चालक शिवसागर केवटका अनुसार होम हेप्पीनेस हवमा सोफा, डाइनिङ टेबल, दराज, कुर्सी, म्याट्रेस लगायतका घर तथा अफिसमा आवश्यक पर्ने सम्पूर्ण फर्निचर सामाग्रीहरू सहज रूपमा उपलब्ध हुनेछन्।
हवमार्फत बिक्री गरिने सबै फर्निचर सामाग्रीहरू पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१३ शुक्रौलीस्थित ‘सिया फर्म एण्ड फर्निचर इन्डस्ट्रीज’ मा उत्पादन गरिएका हुन्। हवका प्रमुख युवराज गिरीले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै १० वर्षसम्मको ग्यारेन्टी दिने व्यवस्था गरिएको जानकारी दिनुभयो।
ग्राहकलाई लक्षित गर्दै उद्घाटनको अवसरमा होम हेप्पीनेस हवले विभिन्न फर्निचर सामग्रीमा विशेष छुट योजना सार्वजनिक गरेको छ। गुणस्तरीय सामग्रीमा भरपर्दो सेवा दिने लक्ष्यसहित बजारमा ग्राहकमैत्री उपस्थितिको सुरुवात गरिएको सञ्चालक केवटले जानकारी दिनुभयो।
गैँडाकोटमा सफलता हासिल गरेसँगै कम्पनीले चितवनको लंकुमा एक महिनाभित्र दोस्रो शाखा सञ्चालन गर्ने तयारीसमेत गरिरहेको छ। चितवन क्षेत्रका ग्राहकलाई लक्षित गर्दै सेवा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको बताइएको छ।