गैँडाकोट । लायन्स क्लब अफ गैँडाकोट सिटीले हिजो कुसेऔँसीको अवसरमा गैंडाकोट–१ स्थित अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम क्लबका अध्यक्ष किरण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा डिष्ट्रिक्ट डिपार्टमेन्ट को–अर्डिनेटर MJF लायन गोपाल प्रसाद गौतम प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा रिजन चेयर पर्सन सुधन पिया उपस्थित रहनुभएको थियो।
त्यसैगरी क्लबका पूर्व अध्यक्षहरू तथा सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले यस्ता सामाजिक कार्यहरूले अपाङ्ग तथा विपन्न वर्गलाई ठूलो सहयोग पुग्ने बताएका छन्।