चितवन, साउन २६ – अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने चाहना राख्ने नेपाली विद्यार्थीहरूका लागि अत्यन्त महत्वपूर्ण बनेको ‘अष्ट्रेलियन एडमिसन डे’ कार्यक्रम कनेक्ट अष्ट्रेलियन एजुकेशन, लायन्सचोक चितवनद्वारा भव्य रूपमा सम्पन्न भएको छ।
सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सम्पन्न यस विशेष शैक्षिक कार्यक्रममा अष्ट्रेलियाको प्रतिष्ठित तथा अग्रणी शैक्षिक संस्था फ्लिन्डर्स युनिभर्सिटी सँग सहकार्य गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययनको सपना साकार पार्न आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्ने सुनौलो अवसर पाए।
फ्लिन्डर्स युनिभर्सिटीका आधिकारिक प्रतिनिधि शाहिनुल इस्लाम स्वयं कार्यक्रममा उपस्थित भई भर्ना प्रक्रिया, पाठ्यक्रम छनोट, छात्रवृत्तिको सम्भावना, भिसा प्रक्रिया, तथा भविष्यको करियर विकास सम्बन्धी विस्तृत जानकारी प्रदान गर्नु भयो। कार्यक्रममा कक्षा १२ पास गरेका उत्कृष्ट विद्यार्थीहरूलाई कनेक्ट चितवनका प्रमुख श्री मेघराज कंडेलद्वारा विशेष सम्मान पनि गरिएको थियो।
शाहिनुल इस्लामले कनेक्ट अष्ट्रेलियन एजुकेशनलाई “विश्वासिलो र नतिजामुखी शैक्षिक परामर्श केन्द्र” का रूपमा प्रशंसा गर्दै, भिजा सफलता दर उच्च भएको र विद्यार्थीहरूका लागि उत्कृष्ट विकल्प बन्न सफल भएको धारणा राख्नुभयो।
कनेक्ट चितवनका प्रमुख मेघराज कंडेलले पछिल्ला वर्षहरूमा कनेक्ट एजुकेशनले सयाैं विद्यार्थीको अष्ट्रेलियन शिक्षा यात्रालाई सफलतापूर्वक मार्गदर्शन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, विद्यार्थीहरूको विश्वास जित्दै आएको कनेक्ट अब चितवनमा सबैभन्दा रुचाइएको शैक्षिक परामर्श केन्द्र बनेको छ।