• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सकियो पाँचदिने “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१”


भरतपुर/स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा सञ्चालन भएको “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” को समापन गरिएको छ ।

पाँचदिनसम्म सञ्चालन भएको प्रदर्शनीमा २१ हजार भन्दा बढीले अवलोकन गरेको र प्रदर्शनीमा अवलोकनकर्ताहरुले निकै चासोका साथ सहभागिता जनाएको आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुगेको, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन भएको, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पुगेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । न्यौपानले प्रदर्शनीमा स्टल सहभागिताको रुपमा रहनुहुने प्रदर्शक, प्रबद्र्धन सहयोग गर्ने संघ–संस्थाहरु, अवलोकनकर्ताहरु र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्णमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा सञ्चालन भएको “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” समेत एकै कार्यक्रम मार्फत समापन गरिएको थियो । आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिएको र प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्ने व्यवस्था मिलाइएको प्रदर्शनीको पाँचौ दिन फ्रि सर्भिस क्याम्पमा २९ जना भन्दा बढीले निःशुल्क सेवा प्राप्त गरेको अध्यक्ष भुषालले जानकारी दिनुभयो ।

प्रदर्शनी अन्तर्गत अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत प्रदर्शनीको अन्तिम दिन कुपन नं.१०७५ की एलिना घिमिरे प्रथम, कुपन नं. १००१ की हेमा थापा दोश्रो र १०९९ का कृष्ण प्रसाद ढकाल तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टहेयाम्पर प्रदान गरिएको छ ।

प्रदर्शनी अवधिभरबाट एकजनालाई बम्पर उपहार समेत प्रदान गरिने व्यवस्था अनुसार भरतपुर–१२, निवासी कुपन नम्बर ४२६४ की तेजिया थापालाई बम्बर उपहार स्वरुप इन्डक्सन चुलो प्रदान गरिएको थियो ।

प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग रहेको छ । भने प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहेको थियो । “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” को मुख्य प्रायोजकको रुपमा टेकमाइण्ड नेकवर्क प्रा.लि रहेको छ । त्यस्तै, डायमण्ड प्रायोजकमा मर्कनटायल अफिस सिष्टम, सेन्ट्रल कलेज, गोल्ड प्रायोजकमा डायानमिक टेक्नोसफ्ट प्रा.लि, एस पावर, म्याक्सिमा (हिकभिजन), प्लाटिनियम प्रायोजकमा टेकवल्र्ड डिष्ट्रिव्यूसर्न र डाऊवा टेक्नोलोजी, सिल्भर प्रायोजकमा एनटेक, डट टे«ड र आईटीसिएनटि, पार्टटरको रुपमा ठकरालवन, एक्सपर्ट ल्यापटप सोलुसन, क्लिक सफ्टवेयर, ब्रोडवे इनफोसिस, आकाश एसएमएस, इनोभेसन, अध्यापन रहेका थिए ।

बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.