• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

टीकापुर (कैलाली), वैशाख ९-  कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन् । पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने कार्य नगर्न सूचना गरेर अनुरोध गरेका छन् । खेतबारीमा आगो लगाउँदा माटो सुरक्षामा असर पर्ने, वातावरण प्रदूषित हुनुका साथै बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले आगो नलगाउन सूचना गरेका हुन् ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा किसानले गहुँ भित्र्याउने काम सकिएको छ । बारीमा रहेका गहुँका नल सफाइ गर्न किसानले खेतबारीमा आगो लगाउँदा धनजनको क्षतिका घटना हुने भएकाले सचेत हुन कैलालीको जानकी गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले गहुँ बाली भित्र्याउने क्रममा निस्किएको नल÷भुसा खेतमा नजलाई गौशालामा रहेका गाईवस्तुको आहाराका लागि निःशुल्क उपलब्ध गराइदिन अनुरोध गरेको विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले जानकारी दिनुभयो । टीकापुर नगरपालिका–२ मा रहेको गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रका छाडा वस्तुभाउ राख्ने गरिएको छ । गौशालामा रहेका गाईवस्तुलाई आहारा अभाव भएका बेला किसानले खेतबारीमा आगो लगाएर आहारा नष्ट गर्नुभन्दा पशुलाई उपलब्ध गराउनु असल कर्म हुने जानकी–४ का रतन धामीको भनाइ छ ।

जोशीपुर गाउँपालिकाले खेतमा आगो लगाउँदा मानव बस्ती आगलागीजन्य घटना बढेकाले आगो नलगाउन आह्वान गरेको छ । “आगो लगाउँदा सुक्ष्म जीवहरू मर्न गई माटोका उर्वराशक्ति ह्रास हुन्छ, माटोको भौतिक, जैविक र रासायनिक गुण बिग्रन्छ”, गाउँपालिकाका कृषि अधिकृत सञ्जय चौधरी भन्नुहुन्छ, “वातावरण प्रदूषण हुने, पशु आहारामा कमी हुने हुँदा भुसा सङ्कलन गरी पालिकाले सञ्चालन गरेको गौशालामा बिक्री गरी सघाउन अनुरोध गरेका छौँ ।

पालिकाले गहुँको भुसाको मूल्य तोकेर बिक्री गर्ने किसानलाई पालिकामा आवेदन दिन सूचना गरेको छ । पालिकाले किसानको भुसा पशुको आहाराका लागि खरिद गर्ने भएको छ । पालिकाले तोकेको मूल्यअनुसार प्रतिट्रली भुसा रु तीन हजार ७००, प्रतिडनलप रु दुई हजार ५०० तोकेको छ । किसानको भुसा पालिकाले खरिद गर्ने, बिक्री गर्ने किसानले जोशीपुर–३ बञ्जरियामा रहेको काञ्जी हाउसमा पुर्याउनुपर्ने जनाएको छ ।

यसैगरी टीकापुर नगरपालिकाले पनि खेतबारी आगो नलगाउन आग्रह गरेको छ । गहुँ बारीमा लगाएको आगोले खतरा भएका यसअघिका घटनाले पनि सचेत गराएकाले आफूहरूले पछिल्ला केही वर्षयता आगो नलगाउन सचेत गराउने गरेको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो । “खेत सफा गर्ने भनी आगो लगाउँदा कहिलेकाहीँ घर तथा बस्तीमा आगलागी भइदिन्छ”, उहाँले भन्नुभयो, “हामीसँग एकमात्र दमकल छ, जनशक्ति पनि पर्याप्त छैन, खेतमा लगाएको आगो निभाउन दमकल पठाउनुपर्ने बाध्यता हुन्छ ।”

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समेत माटो सुरक्षाका लागि भए पनि खेतबारीमा आगो नलगाउन आग्रह गरेको छ । बाली विकास अधिकृत गिरिशराज जोशीले आगो लगाउँदा प्रदूषण बढ्नुका साथै माटोमा भएका मित्र कीराहरू पनि मर्ने भएकाले फाइदा नहुने बताउनुभयो । “खेतबारीमा आगो लगाउनुका सट्टा जोतेर पल्टाइदिएमा गलेर मल बन्छ”, उहाँ भन्नुहुन्छ, “मलको समस्या टार्नका लागि यतिबेला बाँझो जमिनमा ढैचा खेती गरेर हरियो मलका रूपमा प्रयोग गर्न सकिन्छ ।”

गत वर्षबाट किसानलाई सचेत गराएका कारण यस वर्षको अहिलेसम्म टीकापुरमा तीनवटा मात्र आगलागीका घटना भएका छन् । गत वर्ष यो सिजनमा १२ वटा आगलागीका घटना भएका थिए । टीकापुरको दमकलले यहाँका पालिका जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकासम्म आगो निभाउन सेवा दिनुपरिरहेको छ । यस वर्ष भजनीमा दमकल ल्याएपछि केही राहत भएको छ । गर्मीका समयमा मानिसको सानासाना लापरवाहीले आगलागीका घटना हुने गरेका छन् ।रासस

बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.