• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

डुम्रे (तनहुँ),वैशाख ५ – तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा नमूना अस्पतालको भवन निर्माण निर्माणाधीन अवस्थामा छ । पटक–पटक म्याद थपे पनि गण्डकी प्रदेशको गौरवको योजनाको रूपमा निर्माणाधीन नमूना पशु अस्पतालको भवन निर्माण पूरा हुन सकेको छैन ।

प्रदेश सरकारको प्राथमिकताको योजनाका रूपमा रहेको नमूना पशु अस्पताल भवन निर्माण पूरा गर्ने उद्देश्यले चौँथो पटक निर्माणावधि थपिएको छ । अस्पतालको केही निर्माण भइरहेकोले निर्माण अवधि चौँथो पटक थप गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चौँथो पटक विसं २०८३ जेठ १० गतेसम्मका लागि अवधि थप गरिएको छ ।

हालसम्म ७७ प्रतिशत भौतिक प्रगती भएको छ भने ५४ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति भएको विज्ञ केन्द्रले जनाएको छ । विसं २०७८ साउन १२ गते निर्माण कम्पनीले विसं २०७९ पुस १२ मा नमूना अस्पतालको भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि तेस्रो पटक विसं २०८२ जेठ २१ को निर्णयअनुसार विसं २०८२ कात्तिक मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि पशु अस्पतालको भवन निर्माण पुरा हुन नसकेपछि विसं २०८३ जेठ १० गतेसम्मका लागि म्याद थप गरिएको हो ।

तीन पटक समयावधि थपिँदा पनि पूरा हुन नसक्दा पशुपालक किसानले पाउनुपर्ने सेवा प्रवाहमा सकस भएको अधिकारीले बताउनुभयो । पटकपटक म्याद थपिँदा पनि उल्लेख्य प्रगति हुन नसक्दा आयोजना नै अलपत्र अवस्थामा पुगेको हो । म्याद थप गरिएपछि चालु आर्थिक वर्षमा रु २० लाख निर्माण कम्पनीलाई भुक्तान गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन अभावले गर्दा अस्पताललाई आवश्यक पर्ने उपकरण जडान र सेवा विस्तारको प्रक्रिया अगाडि बढिरहेको छ । तनहुँ र कास्की जिल्लामा एकैसाथ नमूना पशु अस्पताल निर्माण सुरू गरिएको थियो । कास्कीमा भने भवन निर्माण सम्पन्न भई सेवा प्रवाह भइरहेको केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले भ्याट बाहेक रु चार करोड ९० लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य राखिएको भएपनि आवश्यक संरचनासमेत निर्माण हुन सकेको छैन ।

पूर्वाधारसहित पूर्ण सञ्चालनका लागि करिब रु १० करोड लाग्ने अनुमान गरिएको छ । साढे दुईतले भवनमा आकस्मिक, शल्यक्रिया, रेडियोलोजी र प्याथोलोजीसहित २३ वटा कोठा रहनेछ । गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशको मध्यभागमा पशु अस्पतालको भवन निर्माण थालिएको हो । पछिल्लो पटक थपिएको निर्माणावधिमा अस्पताल भवन निर्माण भएमा तनहुँलगायत लमजुङ, गोर्खा, मनाङ, कास्की, नवलपुर, स्याङ्जा जिल्लाका सेवाग्राहीले पशु सेवा सहज रूपमा पाउनेछन् । रासस

शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.