काठमाडौं,बैशाख ५- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुनसरीको दुहवीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्राइभेट लिमिटेडसँग दुई लाख रुपैयाँ जरिवाना गराएको छ । विभागकी प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार उक्त उद्योगबाट उत्पादित डाइजेस्टिभ नट नामको बिस्कुटमा रौं परेको भन्ने उजुरी प्राप्त भएको थियो ।
उजुरीको आधारमा उद्योगको कारखानामा अनुगमन गरिएको थियो । विभागले उपभोक्ता संरक्षण ऐनअनुसार दुई लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ । न्युज एजेन्सी



