चितवन । रत्ननगरमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् रत्ननगरको वडा नं. १२ मिलिजुलीटोलमा सोमबार स्थानिय हिराबहादुर गोलेको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा रत्ननगर १२ बस्ने हिरा बहादुर गोले, सोहि स्थान बस्ने, राम प्रसाद भट्टराई, लुमणी प्रसाद बास्ताकोटी, ऋषिराम आचार्य, कृष्ण बुढाथोकी, केईन्द्र बस्नेत, राजकुमार साह र गोविन्द भुषाल छन् ।
निजहरुबाट एक लाख उनान्चालिस हजार आठ सय तिस रुपैया र तास ३ बुक समेत बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।