चितवन, चैत २५- नारायणी नदीमा पौडी खेल्ने क्रममा चैत २३ गतेबाट बेपत्ता भएका एक बालक मृत फेला परेका छन् ।
बेपत्ता भएका भरतपुर महानगरपालिका–१५ बस्ने १२ वर्षीय सौगात तामाङको खोजतलासको क्रममा आज प्रहरीले भरतपुर–२७ सिसवार स्थित नारायणी नदीमा शव फेला पारेको हो ।
तामाङ भरतपुर–१६ सानोगढी क्षेत्रमा नारायणी नदीमा पौडी खेल्दा डुबी बेपत्ता भएका थिए । मृतकको आमा र मामाबाट सनाखत भएको चितवन प्रहरीले जनाएको छ ।