पोखरा, चैत १७- पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पोखराको लेखनाथ अर्चलेमा ग१ख ८६८० नम्बरको बस दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।