• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

हत्या घटनाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ


पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको छ । १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोपमा ४६ वर्षका गुरुङ पक्राउ परेका हुन् ।

गुरुङलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनबाट पक्राउ गरी मंगलबार नेपाल ल्याएको हो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति लिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिए । पोखरा सातमुहाने घर भएका गुरुङ हत्याको घटनापछि कुवेत र बहराइन पुगेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले घटनाका प्रत्यक्षदर्शीको भनाइ र घटनास्थल मुचुल्काका आधारमा अनुसन्धान अघि बढाइ गुरुङलाई पक्राउ गरिएको बताए ।

सुनसरी धरानका रोजन राई पोखरामा मजदुरी गर्थे । उनले साविक लेखनाथ नगरपालिका–१३, सातमुहानेस्थित खुदी खोलामा ग्याबिन तारमा ढुंगा भर्ने काम गर्थे । प्रहरीका अनुसार २९ वैशाख ०६३ को राति करिब ८ः४५ बजे गुरुङले राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

टाउकोमा दाउरा प्रहारले गम्भीर घाइते भएका राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याइएको थियो । तर, उपचारकै क्रममा २ जेठ २०६३ मा उनको मृत्यु भयो ।

घटनापछि गुरुङ फरार भए । घटनापछि पोखराबाट काठमाडौं पुगेको र त्यहाँ तीन महिना बसेको देखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तिवारीले बताएको भनाइ छ । ‘तीन महिना काठमाडौं बस्दा पनि फरक फरक होटलमा बसेको पाइयो । उनी एउटा होटलमा बढीमा पाँच÷सात दिनमात्रै बस्थे’ तिवारीले भने, ‘फोन पनि चिनेजानेको मान्छेको मात्रै उठाउँथे ।’

घटनाको अनुसन्धान अघि बढाएको प्रहरी गुरुङसम्म पुग्न सकेन । त्यसको फाइदा उठाउँदै उनी काठमाडौंबाट पोखरा फर्किएर १० लाख रुपैयाँ लिएर भारत हुँदै कुवेत पुगे । ‘प्रहरीले सम्पूर्ण डाटाबेस राखेको थिएन । तर, उनी आफैं हत्या पश्चात भाग्दै हिँडेको देखियो । पोखरा आउँदा पनि राति दुई बजे आएको देखिन्छ,’ एसपी थापाले भने ।

दुई वर्ष कुवेत बसेर नेपाल फर्किएका गुरुङ काठमाडौंमा बस्न थाले । २०६६ सालतिर उनी फेरि बहराइन गए । बहराइनबाट भने नेपाल फर्किएका थिएनन् । गुरुङ नभेटिएपछि हत्याको अनुसन्धान भने थाती नै रह्यो ।

गत असारमा कास्की प्रहरी प्रमुख भएर आएका एसपी रमेश थापाले ११ भदौ मा रोकिएका फाइलको अनुसन्धान अघि बढाउन निर्देशन दिए । प्रहरीले तत्कालीन समयको मुचुल्का नियाल्यो, घटनाका प्रत्यक्षदर्शीसँग सोधपुछ ग¥यो । घटनाका प्रत्यक्षदर्शीले अन्दाजी ३२÷३३ को पुरुषले राईलाई कटुसको दाउराले प्रहार गरेको देखेको र छेक्ने र छुटाउने कामसमेत गरेको प्रहरीमा बयान दिए

‘मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै रोजनलाई तेरो घर कहाँ छ ? के काम गर्छस् ? को हो भन्दै गालामा एक थप्पड हानेपछि उनी भाग्दै सिसुवातर्फ भागे । त्यसपछि पनि पछिपछि लखेट्दै गएको थियो,’ प्रत्यदर्शीको भनाइ उधृत गर्दै डीएसपी तिवारीले भने, ‘केही पर पुगिसकेपछि केही हल्ला भएको सुनियो । त्यहाँ पुगेर हेर्दा उनले राईको टाउकोमा समेत चोट लागेको देखियो ।’

अनुसन्धानपछि प्रहरीले थाहा पायो, घटनाका आरोपी अशोक गुरुङ हुन् । तर, उनी बहराइनमा थिए । त्यसपछि प्रहरीले ७ असोज २०७८ मा जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लियो ।

१२ अरोजमा प्रहरीले इन्टरपोलको सहयोग रेड नोटिस जारी गर्न आवश्यक कागजपत्र पठायो । २८ मंसिरमा रेड नोटिस जारी भयो र त्यसैका आधारमा आरोपी गुरुङलाई १ पुसमा बहराइन पुलिसले पक्राउ गर्‍यो ।

कूटनीतिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले नेपाल ल्याउन लामो समय लागेको एसपी थापाले जानकारी दिए । ‘पीडितको पक्षमा राज्यले जनुसुकै बेला पनि सहयोग गर्छ । अपराध गरिसकेपछि कोही त्यसबाट भाग्न सक्दैन भन्ने देखाएका छौं,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

मृतकका आफन्त सम्पर्कमै छैनन्

१६ वर्षअघिको घटनाको फाइललाई पुनः अनुसन्धान प्रक्रिया अघि बढाएर प्रहरी अभियुक्तसम्म पुग्यो । तर, मृतक राईको आफन्त भने अझै फेला पर्न सकेका छैनन् ।

राई कसरी पोखरा आइपुगे र उनका आफन्तबारे अझै सम्पर्क हुन नसकेको एसपी थापा सुनाउँछन् । ‘आफन्त (मृतकका) कोको हुनुहुन्छ अझै थाहा छैन । अर्को जिल्लाबाट अर्को जिल्लामा काम गर्न आएकाले पनि पहिचान गर्न गाह्रो भइरहेको छ,’ उनले भने ।

मृतक राईको ठेगानासमेत तत्कालीन समयको मुचुल्काका आधारमा मात्रै पत्ता लागेको एसपी थापाले जानकारी दिए । ‘घटना एकदमै पुरानो हो । अहिले हामी सम्बन्धित ठाउँका प्रहरी, प्रशासनसँग समन्वय गरेर मृतकका आफन्त पहिचान गर्ने प्रयासमा छौं,’ उनले भने ।

 

  • १६ वर्षपछि
  • अभियुक्त
  • घटनाका
  • पक्राउ
  • फरार
  • हत्या
बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.