• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ८. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ९. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!

नारायणी नदीको अस्तित्व नै संकटमा पर्दै गएको एक अध्ययनले संकेत गरेको छ । ‘नदीसँगै हामी अभियान’ मार्फत देवघाटधाम क्षेत्रदेखि गोलाघाटसम्मको आठ स्थानमा गरिएको अध्ययनले नदीमा फालिने जथाभाबी फोहोरका कारण नदीको अस्तित्व नै संकटमा पर्दै गएको संकेत गरेको हो ।

नारायणी नदी किनारमा गरिएको फोहोर नक्साङ्कन र लेखा परीक्षणले क्षेत्रीय फोहोर व्यवस्थापनमा गम्भीर चुनौतीहरू देखिएको बेटर चितवन र नदीसँगै हामी अभियानका फोहोर लेखापरीक्षक इन्जिनियर सागर कार्कीले जानकारी दिए । ‘प्लास्टिक, कपडा, सिसा, औषधिजन्य र जैविक लगायतका फोहोर मुख्य प्रदूषणका रुपमा देखा परेका छन्,’ आइतबार भरतपुरमा गरिएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै कार्कीले भने ‘फोहोरका कारण नदीको स्वास्थ्य र आसपासको पारिस्थितिकी तन्त्रमा गहिरो असर पारेको छ।’

अध्ययनको क्रममा नारायणी नदीमा फोहोरको संरचना, घनत्व र प्रदूषणको मापन गरिएको थियो । त्यसको क्रममा नगरवन क्षेत्रमा प्लास्टिक प्रदूषणको गम्भीर प्रभावका कारण पारिस्थितिकीय तन्त्रमा असर पारेको देखिएको उनले बताए । उनका अनुसार धार्मिक स्थल, पर्यटकीय र पार्क क्षेत्रको बढी मात्रामा प्रभावित रहेको छ । प्लास्टिक जन्य र कपडा जन्य फोहोरमा देवघाट क्षेत्र बढी प्रभावित रहेको छ । अध्ययन टोलीले ७ स्थानमा प्रशोधन नगरी सिँधै नदी किनारमा ढल मिसाएको फेला पारेको छ ।

नदीसँगै हामी अभियान मार्फत गत कात्तिक महिनामा नारायणी नदीको देवघाटधाम, जोरकुशुम पार्क, नारायणी नदी किनार, नारायणगढको नदी किनार विद्यालय पछाडिको भाग, नगरवन, भगेरिथान र गोलाघाट क्षेत्रमा अध्ययन गरिएको थियो । यस क्रममा नगरवन क्षेत्रमा २२, शिवघाटमा १९, नारायणी नदी किनारमा १७, गोलाघाटमा १६ र देवघाट धाममा १५ प्रतिशत फोहोरको घनत्व विश्लेषण गरिएको इन्जिनियर कार्कीले बताए । नारायणी नदी किनारको प्रदर्शनी क्षेत्रले फोहोरको उच्च घनत्व योगदान गरेको छ । धार्मिक कारण पनि नदी प्रदूषण बढ्दै गएको अध्ययन टोलीको निष्कर्ष निकालेको छ ।

नदीमा सबैभन्दा बढी ४२ प्रतिशत प्लास्टिक जन्य फोहोर देखिएको छ । त्यसपछि कपडाजन्य, सिसाजन्य, जैविक फोहोर र डायपर प्याडजन्य फोहोर नदीमा फालिएको अध्ययन कर्ता आकृति सुवेदीले जानकारी दिइन् । देवघाट धाममा कपडा जन्य फोहोर बढी रहेको देखिएको छ। त्यस्तै भंगेरीथान शिवघाटमा पर्यटकहरूले एकल प्रयोगमा आउने फोहोरहरू बिस्कुट, चाउचाउ, चिप्सका खोलहरू जथाभाबी फालिएको भेटिएको उनले बताइन् । त्यहाँ मादक पदार्थ सेवन गर्नेहरूले सिसाको बोतल र सिरिन्जहरू फ्याँक्ने गरेको देखिएको छ ।

तीर्थस्थल घाट क्षेत्र, पर्यटकीय र नदी किनारमा रङ्गअनुसार छुट्टिने फोहोर संकलन डस्विन अनिवार्य रुपमा राख्नुपर्ने अवस्था देखिएको सुवेदीले बताइन् । ‘ढल र मलमूत्र नदीमा मिसाउने कार्यलाई तुरुन्त रोक्न नीति निर्माण गरी कडाइका साथ कार्यान्वयन व्यवस्थापन गर्नुपर्ने, नदीमा फोहोर डम्प गर्ने कार्य पूर्ण रुपमा बन्द गरी सुरक्षित र उपयुक्त स्थानमा फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’–उनले भनिन् ।

चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्र्व)का स्थानीय तहले नारायणी किनारमा फोहोर व्यवस्थापन गर्दै आएका छन् । जसका कारण नदीको अवस्था बिग्रँदै गएको सहमति नेपालका परियोजना संयोजक खेमराज खनालले जानकारी दिए । नदी स्वस्थ राख्नका लागि स्थानीय तहहरूले नीति बनाएर नै लाग्नुपर्ने उनको भनाई छ । स्थानीय सरकार, नागरिक समाज, धार्मिक नेतृत्व, पर्यटक, व्यवसायी, विद्यार्थी र आम जनताहरू नदीको भविष्यलाई बचाउन लाग्नुपर्ने उनले बताए ।

नदीसँगै हामी अभियानमा एकल महिला पैरवी मञ्च, लायन्स क्लब अफ गैँडाकोट, एसडिआरसी गैँडाकोट, विजय एफ.एम, हेचर नेपाल, सिद्धान्त कलेज, देवघाट क्षेत्र विकास समिति, सफा ऊर्जा लगायतको सङ्घसंस्थाहरू आबद्ध रहेका छन्।

मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने
नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण
नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते
गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

भर्खरै

  • १.
    गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

  • २.
    कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

  • ३.
    हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ४.
    नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

  • ५.
    नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

  • ६.
    आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ८.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.