चितवन। चितवनको भरतपुर महानगरपालिका– १७ रामपुरस्थित सौगात चोकमा रहेको एक कटेजभित्र महिलाको शव फेला परेको छ । स्थानीयले दिएको जानकारी अनुसार शवलाई अहिले प्रहरीले सुरक्षा दिएर राखेको छ ।
महिलाको आफन्तहरु आएपछि मात्र शव उठाउने भनेपछि अहिले शव उठाइएको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।