चितवन / भरतपुर-२६ धर्मचोकका ५० वर्षीय बिजय बन्धु गुरुङ गत ९ गतेदेखि हराइरहेका छन्। परिवारजनका अनुसार उनी धर्के ट्रिसर्ट, ब्राउन रङको कटराइजको पाइन्ट र सेतो जुत्ता लगाएको अवस्थामा घरबाट निस्केका थिए।
गुरुङको अहिलेसम्म पनि कुनै सम्पर्क हुन नसकेको र उनको कुनै पनि सुराक नभेटिएकोले परिवारजन नै चिन्तित बनेका छन्। घरपरिवार र आफन्तहरूले भरतपुर क्षेत्रभरि उनको खोजी थालिसकेका छन्।
गुरुङ कुनै पनि स्थानमा देखिए वा कुनै जानकारी भए तत्काल परिवारजन (9845150142 , 9855064905 ) वा प्रहरीलाई सूचित गर्न परिवारले अनुरोध गरेको छ। बेपत्ता हुनुको कारण र अवस्था खुल्न सकेको छैन।



