• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

चितवनमा कुष्ठरोग निवारण गर्न चुनौती बन्दै

चितवन : कुष्ठरोगको समयमै उपचार गरे कुरुप र अंगभंग हुनबाट बच्न सकिने विज्ञहरु बताउछन् । ७० औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा स्वास्थ्य कार्यालय चितवनले आइतवार आयोजना गरेको छलफल कार्यक्रम मार्फत समयमा पत्ता लगाएर औषधि सेवन नगर्दा अंगभंग हुने र कुरुप देखिने जानकारी दिएको हो ।

कार्यक्रममा कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले समयमै पत्ता लगाएर नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुने बताउनु भयो । उहाँले सर्ने खालको कुष्ठरोगका लागि एक वर्ष र नसर्ने खालको कुष्ठ रोगका लागि ६ महिना औषधि खाएमा पूर्ण रुपमा निको हुने बताउनुभयो ।

जनस्वास्थ्य कार्यलय चितवनका अनुसार चितवनमा बि.सं. २०५१ सालदेखि हालसम्म १ हजार ९०० जना कुष्ठरोगी औषधि सेवनपछि निको भएका छन् । कुष्ठरोगीसँग नियमित सम्पर्कमा आउनेहरुलाई रोग सर्न सक्ने कार्यलयले जनाएको छ । २०७६ देखि ०७८ सालसम्म विगतमा कुष्ठरोगी रहेका छ सय जनाको नजिकका करिब ३० हजारलाई रोग नलागोस् भनेर एसडिआर औषधि खुवाईएको छ ।

जिल्लामा हाल ५७ जना कुष्ठरोगीले नियमित औषधि सेवा गरिरहेका छन् । सरकारले कुष्ठरोगको पहिचान र औषधि निःशुलक गर्दै आएको छ । पूरा मात्रा औषधि सेवन गरेकाहरुलाई औषधिको मात्रा पूरा भएपछि एक हजार रुपैयाँ यातायात खर्च समेत दिने गरेको दुवाडीको भनाई छ ।

कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जनचेतनाको अभाव र समाजमा घृष्णाको दृष्टिकोणले हेर्ने हुँदा अझै पनि कुष्ठरोगीहरु खुलेर उपचारमा नआउने गरेको बताउनुभयो । अझै पनि भगवानको श्राप वा पापका कारणले कुष्ठरोग लाग्छ भन्ने भ्रम रहेको भन्दै चापागाईले भन्नुभयो “कुष्ठ रोग सुक्ष्म किटाणुको संक्रमणबाट हुने रोग हो । यो कुनै श्राव वा पापका कारणले लाग्ने होइन ।”

चार हजार वर्षभन्दा पुरानो रोग रहेको भन्दै चापागाईले सीमान्तकृत र जनजातिमा कुष्ठरोगको संक्रमण बढी देखिने गरेको बताउनुभयो । उहाँले भारतमा अधिक कुष्ठरोगी रहेको बताउँदै नेपालका सीमावर्ती क्षेत्रहरुमा त्यसको प्रभावस्वरुप बढी संक्रमित भेटिने गरेको जानकारी दिनुभयो ।

कुष्ठरोगको वारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त रहेको भन्दै उहाँले समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने परिवारमा आवश्यक माया ममता र सहयोगको वातारण हुनु आवश्यक रहेको बताउनुभयो । समाजका सबै सरोकारवालाहरू, पत्रकार, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, धामीझांक्री र परम्परागत उपचारमा संलग्न व्यक्ति, सामुदायिक समूह सबैमा कुष्ठरोगका बारेमा सत्य तथ्य जानकारी र सकारात्मक सोचको खाँचो रहेको भन्दै चापागाईले यस्तो भएमा मात्र कुष्ठरोगको निदान र निवारणमा सहयोग पुग्ने कान्तिपुर हेल्थलाई बताउनुभयो ।

कुष्ठरोग आँखाले देख्न नसकिने सुक्ष्म जीवाणु ‘माईकोब्याक्टेरियम लेप्रे’ का कारण लाग्ने रोग हो । यो रोगले मानिसको छाला र स्नायु (नशा) मा प्रभाव पार्छ । कुष्ठरोग बालबालिकादेखि वृद्धवृद्धा जोकोहीमा पनि हुन सक्छ । यसको समयमै लक्षण थाहा पाएर उपचार गरे पूर्ण निको हुन्छ ।

कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा कुष्ठरोगको जीवाणु प्रवेश गरेको २ देखि ५ वर्ष भित्रमा यस रोगको प्रारम्भिक लक्षण देखा पर्छ ।
विश्वभरमा गरिएको अध्ययन अनुसार संसारका ९९ प्रतिशत मानिसमा कष्ठरोगसँग लड्ने प्रतिरोध शक्ति हुन्छ । अर्थात सय जना मानिसको शरीरमा कुष्ठरोगकाजीवाणुले प्रवेश गरेमा एक जनालाई मात्र यो रोग लाग्न सक्छ ।
बिरामीले श्वास फेर्दा वा हाच्छिउँ गर्दा कुष्ठरोगका जीवाणु बिरामीको शरीरबाट बाहिर आउँछ र स्वस्थ व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्छ ।

कुष्ठरोगका मुख्य लक्षणहरुमा शरीरमा नचिलाउने रातो वा फुस्रो दागहरू देखा पर्नु, हातखुट्टा झमझमाउनु वा स्पर्श शक्ति हराएर जानु, स्नायु (नशा) सुन्निनु र पीडा हुनु, हात खुट्टा ताथा आँखाको मांशपेशीहरू कमजोर हँुदै जानु, कानको लोती बाक्लो हुनु वा लोतीमा गिर्खाहरू देखिन, अनुहारको छाला रातो, बाक्लो र चिल्लो, चम्किलो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, हात खुट्टामा नदुख्ने घाउ हुनु आदि हुन् । यी मध्ये एक–दुई वा सबै लक्षणहरु देखिन सक्छन् ।

कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ । बढी किटाणु भएको अर्थात सर्ने (एमबी) कुष्ठरोग र कम किटाणु भएको अर्थात नसर्ने (पीबी) कुष्ठरोग ।

यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन् । बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ । तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन ।

  • कुष्ठरोग
  • चितवन
  • चुनौती
  • निवारण
सोमबार, माघ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.