• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवनमा कुष्ठरोग निवारण गर्न चुनौती बन्दै


चितवन : कुष्ठरोगको समयमै उपचार गरे कुरुप र अंगभंग हुनबाट बच्न सकिने विज्ञहरु बताउछन् । ७० औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा स्वास्थ्य कार्यालय चितवनले आइतवार आयोजना गरेको छलफल कार्यक्रम मार्फत समयमा पत्ता लगाएर औषधि सेवन नगर्दा अंगभंग हुने र कुरुप देखिने जानकारी दिएको हो ।

कार्यक्रममा कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले समयमै पत्ता लगाएर नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुने बताउनु भयो । उहाँले सर्ने खालको कुष्ठरोगका लागि एक वर्ष र नसर्ने खालको कुष्ठ रोगका लागि ६ महिना औषधि खाएमा पूर्ण रुपमा निको हुने बताउनुभयो ।

जनस्वास्थ्य कार्यलय चितवनका अनुसार चितवनमा बि.सं. २०५१ सालदेखि हालसम्म १ हजार ९०० जना कुष्ठरोगी औषधि सेवनपछि निको भएका छन् । कुष्ठरोगीसँग नियमित सम्पर्कमा आउनेहरुलाई रोग सर्न सक्ने कार्यलयले जनाएको छ । २०७६ देखि ०७८ सालसम्म विगतमा कुष्ठरोगी रहेका छ सय जनाको नजिकका करिब ३० हजारलाई रोग नलागोस् भनेर एसडिआर औषधि खुवाईएको छ ।

जिल्लामा हाल ५७ जना कुष्ठरोगीले नियमित औषधि सेवा गरिरहेका छन् । सरकारले कुष्ठरोगको पहिचान र औषधि निःशुलक गर्दै आएको छ । पूरा मात्रा औषधि सेवन गरेकाहरुलाई औषधिको मात्रा पूरा भएपछि एक हजार रुपैयाँ यातायात खर्च समेत दिने गरेको दुवाडीको भनाई छ ।

कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जनचेतनाको अभाव र समाजमा घृष्णाको दृष्टिकोणले हेर्ने हुँदा अझै पनि कुष्ठरोगीहरु खुलेर उपचारमा नआउने गरेको बताउनुभयो । अझै पनि भगवानको श्राप वा पापका कारणले कुष्ठरोग लाग्छ भन्ने भ्रम रहेको भन्दै चापागाईले भन्नुभयो “कुष्ठ रोग सुक्ष्म किटाणुको संक्रमणबाट हुने रोग हो । यो कुनै श्राव वा पापका कारणले लाग्ने होइन ।”

चार हजार वर्षभन्दा पुरानो रोग रहेको भन्दै चापागाईले सीमान्तकृत र जनजातिमा कुष्ठरोगको संक्रमण बढी देखिने गरेको बताउनुभयो । उहाँले भारतमा अधिक कुष्ठरोगी रहेको बताउँदै नेपालका सीमावर्ती क्षेत्रहरुमा त्यसको प्रभावस्वरुप बढी संक्रमित भेटिने गरेको जानकारी दिनुभयो ।

कुष्ठरोगको वारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त रहेको भन्दै उहाँले समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने परिवारमा आवश्यक माया ममता र सहयोगको वातारण हुनु आवश्यक रहेको बताउनुभयो । समाजका सबै सरोकारवालाहरू, पत्रकार, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, धामीझांक्री र परम्परागत उपचारमा संलग्न व्यक्ति, सामुदायिक समूह सबैमा कुष्ठरोगका बारेमा सत्य तथ्य जानकारी र सकारात्मक सोचको खाँचो रहेको भन्दै चापागाईले यस्तो भएमा मात्र कुष्ठरोगको निदान र निवारणमा सहयोग पुग्ने कान्तिपुर हेल्थलाई बताउनुभयो ।

कुष्ठरोग आँखाले देख्न नसकिने सुक्ष्म जीवाणु ‘माईकोब्याक्टेरियम लेप्रे’ का कारण लाग्ने रोग हो । यो रोगले मानिसको छाला र स्नायु (नशा) मा प्रभाव पार्छ । कुष्ठरोग बालबालिकादेखि वृद्धवृद्धा जोकोहीमा पनि हुन सक्छ । यसको समयमै लक्षण थाहा पाएर उपचार गरे पूर्ण निको हुन्छ ।

कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा कुष्ठरोगको जीवाणु प्रवेश गरेको २ देखि ५ वर्ष भित्रमा यस रोगको प्रारम्भिक लक्षण देखा पर्छ ।
विश्वभरमा गरिएको अध्ययन अनुसार संसारका ९९ प्रतिशत मानिसमा कष्ठरोगसँग लड्ने प्रतिरोध शक्ति हुन्छ । अर्थात सय जना मानिसको शरीरमा कुष्ठरोगकाजीवाणुले प्रवेश गरेमा एक जनालाई मात्र यो रोग लाग्न सक्छ ।
बिरामीले श्वास फेर्दा वा हाच्छिउँ गर्दा कुष्ठरोगका जीवाणु बिरामीको शरीरबाट बाहिर आउँछ र स्वस्थ व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्छ ।

कुष्ठरोगका मुख्य लक्षणहरुमा शरीरमा नचिलाउने रातो वा फुस्रो दागहरू देखा पर्नु, हातखुट्टा झमझमाउनु वा स्पर्श शक्ति हराएर जानु, स्नायु (नशा) सुन्निनु र पीडा हुनु, हात खुट्टा ताथा आँखाको मांशपेशीहरू कमजोर हँुदै जानु, कानको लोती बाक्लो हुनु वा लोतीमा गिर्खाहरू देखिन, अनुहारको छाला रातो, बाक्लो र चिल्लो, चम्किलो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, हात खुट्टामा नदुख्ने घाउ हुनु आदि हुन् । यी मध्ये एक–दुई वा सबै लक्षणहरु देखिन सक्छन् ।

कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ । बढी किटाणु भएको अर्थात सर्ने (एमबी) कुष्ठरोग र कम किटाणु भएको अर्थात नसर्ने (पीबी) कुष्ठरोग ।

यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन् । बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ । तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन ।

  • कुष्ठरोग
  • चितवन
  • चुनौती
  • निवारण
सोमबार, माघ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.