भरतपुर : नेकपा एमाले चितवनको अधिवेशन स्थगित भएको छ । कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमण बढ्दै गएपछि स्वास्थ्य जोखिमलाई मध्यनजर गरी नेकपा एमाले चितवनले अधिवेशन स्थगित गरेको हो ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी गृहमन्त्रालयलाई सिफारिस गरेअनुसार जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरिएको एमाले चितवनले जनाएको छ ।
अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाइएको छ ।