• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

चितवनमा ३० प्रतिशत रोपाइँ सकियो

चितवनमा वर्षे र चैते धान गरी बर्सेनि ३० हजार ५०० हेक्टरमा खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यतिबेला वर्षे धान रोप्ने काम भइरहेको छ । जिल्लामा समग्रमा ३० प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेकाअनुसार पूर्वी चितवनमा ४० देखि ४५ प्रतिशतसम्म रोपाइँ भइसकेको छ । माडीमा २० प्रतिशत र पश्चिम चितवनमा पाँच प्रतिशत रोपाइँ सकिएको उनले बताए । जिल्लामा वर्षे धानको उत्पादकत्व प्रति हेक्टर ३.६ मेट्रिक टन छ ।

‘धान प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष महत्व दिएको छ । धान खेती प्रवर्द्धनका लागि भनेर सरकारले दुई करोडबढी रकम दिएको छ’, उनले भने । धान, मकै र गहुँको विउमा किसानलाई प्रोत्साहन गर्न यस वर्ष एक करोड २५ लाख रुपैयाँ प्राप्त भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाइ, चितवनले भोलि (१५ असार) १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छन् । यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ रहेको छ ।

खैरहनी नगरपालिका–१३ मा मेशिनबाट धान रोपेर र भरतपुर महानगरपालिका–२५ मा प्रतियोगितात्मक कार्यक्रमसहित धान रोपेर दिवस मनाउन लागिएको हो ।

यसबाहेक विभिन्न कृषक समूह, कृषि सहकारी संस्था र नगरपालिकाले पनि दिवस मनाउन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाई, चितवनका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले बताए ।

नेपालमा सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी १३० वटा जातका धान रोप्ने गरिन्छ । चितवनमा भने बर्खे धानमा सबैभन्दा बढी सावित्री जातको धानले ओगटेको उनी बताउँछन् । त्यसको अलवा सावा मसुली सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५ लगायतका धान रोपिन्छ ।

कृषिमा प्रविधि भित्रिएपछि उत्पादकत्व बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाइ, चितवन सूचना अधिकारी माधव पौडेल बताउँछन् । उनकाअनुसार धानको उन्नत बिउ उत्पादन गर्ने स्रोत केन्द्रदेखि धान रोप्ने, काट्ने र पराल थन्काउनेसम्मका मेशिन जिल्लामा भित्रिएका छन् ।

‘पछिल्लो समय चितवनको धान उत्पादन बढेको छ’, उनी भन्छन्, ‘असल विउको प्रयोग गरे मात्रै पनि २० प्रतिशत उत्पादन बढाउन सकिन्छ । युरिया मलको जथाभावी प्रयोग कम गरेपछि रोगकिरा कम लागेको किसानहरुले बताउनुभएको छ ।’

धानको बिउमा चितवन आत्मनिर्भर भएको भन्दै उनले सूचीकरण नभएका बिउ प्रयोग गर्न नहुने बताए । सामुदायिक नर्सरीको अभ्यासले किसानको उत्पादन लागत पनि घटेको उनले बताए ।

  • ३० प्रतिशत
  • चितवन
  • रोपाइँ
बुधबार, असार १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.