• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

तपाईँको आम्दानी कति ? यस्तो छ एक वर्षमा तिर्नुपर्ने करको दर

काठमाडौं : तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्यो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गर्नुभएको थियो । सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ ।

विभागका अनुसार तपाईँ अविवाहित हो भने रु पाँच लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे हुन्छ । त्यस्तै तपाईँ विवाहित हो भने रु छ लाखसम्म पनि एक प्रतिशतका दरले मात्रै कर तिरे हुन्छ । त्यो भनेको एकलले रु पाँच हजार र दम्पत्तिले रु छ हजार मात्रै कर तिरे हुन्छ । त्यस्तै, तपाईँको आम्दानी रु पाँच लाखदेखि रु सात लाखसम्मको आय र रु छ लाखभन्दा बढी रु आठ लाखसम्मको आयमा एकल र दम्पत्ति दुवै समूहले १० प्रतिशत अर्थात् रु २० हजार बराबर कर तिर्नुपर्छ ।

रु सात लाखभन्दा बढी रु १० लाखसम्मको करयोग्य आय र रु आठ लाखभन्दा बढी रु ११ लाखसम्मको करयोग्य आयमा पनि समान २० प्रतिशत अर्थात् रु ६० हजार बराबरको कर तिर्नुपर्छ । यस्तै, रु १० लाखभन्दा बढी रु २० लाखसम्म एकलले २० प्रतिशत अर्थात् रु तीन लाख बराबरको कर तिर्नुपर्छ । त्यस्तै रु ११ लाखदेखि रु २० लाखसम्म कर योग्य आय गर्ने दम्पत्तिले ३० प्रतिशत अर्थात् रु दुई लाख ७० हजार बराबरको कर तिर्नुपर्छ ।

यसै गरी रु २० लाखभन्दा बढी आम्दानी हुनेले समान रूपमा रु तीन लाख ६० हजार बराबरको कर तिर्नुपर्ने विभागले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विभागका अनुसार रु ३० लाखभन्दा बढी आम्दानी हुने एकलले रु सात लाख ४५ हजार र दम्पत्तिले रु सात लाख १६ हजार बराबरको कर तिर्नुपर्छ ।

एकलौटी रूपमा फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरणबापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिको आयमा एक प्रतिशतको कर नलाग्ने विभागले स्पष्ट पारेको छ ।

यस्तै, कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा रु तीन लाख वा निजको निर्धारण योग्य आयका एक तिहाइ जुन घटी हुन्छ । सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछन् । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको तिहाधिकारी व्यक्तिले सो कोषमा योगदान गर्दा रु पाँच लाख वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्ने प्रावधान छ ।

यस्तै दुर्गम क्षेत्रमा कार्यरत व्यक्तिले पनि करयोग्य आयबाट घटाउन पाउने रकम पनि निर्धारण गरिएको छ । क वर्गका क्षेत्रमा कार्यरतले रु ५० हजार, ख वर्गका क्षेत्रमा रु ४० हजार, ग वर्गका क्षेत्रमा रु ३० हजार, घ वर्गका क्षेत्रमा रु २० हजार र ङ वर्गका क्षेत्रमा कार्यरतले रु १० हजार बराबरको आयबाट घटाउन सक्नेछन् ।

विदेशस्थित कूटनीतिक नियोगका कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउनेछन् । स्वास्थ्य बीमाबापत तिरेको प्रिमियम वा रु २० हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने विभागले जनाएको छ । निजी भवनको बीमा गरेको रहेछ भने पनि त्यस्तो बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा रु पाँच हजारमा जुन घटी हुन्छ, त्यस्तो रकम पनि करयोग्य आयबाट घटाउन सकिन्छ ।

विभागका अनुसार महानगरपालिका वा उपमहानगरपालिकामा व्यवसाय गर्नेले रु सात हजार ५००, नगरपालिका क्षेत्रमा व्यवसाय गर्नेले रु चार हजार र त्यस बाहेकका क्षेत्रमा व्यवसाय गर्नेले रु दुई हजार ५०० बराबरको कर तिर्नुपर्छ । ग्यास, चुरोटलगायत तीन प्रतिशतसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई रु ३० लाखभन्दा बढी रु ५० लाखसम्म कारोबार रकमको शून्य दशमलव २५ प्रतिशत, ती व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई रु ३० लाखभन्दा बढी रु ५० लाखसम्म कारोबार रकमको एक प्रतिशत बराबर कर तिर्नुपर्छ ।

  • एक वर्षमा
  • करको दर
  • तिर्नुपर्ने
सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.