चितवन : चितवनको कालिकामा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै प्रधानमन्त्री शेर वहादुर देउवाको पुत्ला दहन गरेका छन ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ कालिकानगर कमिटीले वुधवार साँझ पदमपुरमा विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन । उनिहरुले पदमपुर सृजना चोक हुदैँ हाइस्कुल रोडसम्म राँके जुलुस समेत निकालेका थिए ।
उनिहरुले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर, नालायक प्रधानमन्त्रि राजिनामा दे जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।