• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

ओस्कर अवार्ड कार्यक्रम स्टेजमै थप्पड हानेपछि , राजीनामा


गत साता ओस्कर अवार्ड घोषणा कार्यक्रमको स्टेजमै उक्लिएर कमेडीयन क्रिस रकलाई थप्पड हानेका अमेरिकी अभिनेता विल स्मिथले एकेडेमी (एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस) बाट राजीनामा दिएका छन् ।

‘९४ औं संस्करणको ओस्कर अवार्डमा मेरो प्रतिक्रिया पीडादायी र अक्षम्य थियो,’ विल स्मिथले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एकेडेमीले भने स्मिथको राजीनामा स्वीकृत गरेको जनाएको छ । साथै अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाइएको पनि एकेडेमीले जनाएको छ ।

 

स्मिसथले गत शनिबार लस एन्जलसस्थित ओस्कर अवार्ड घोषणा समारोहमा क्रिस रकले आफ्नी पत्नीमाथि मजाक उडाएको भन्दै स्टेजमै उक्लिएर थप्पड हानेका थिए । तर त्यसपछि भने स्मिथले सोही दिन अवार्ड ग्रहण गर्ने क्रममा माफी पनि मागेका थिए ।

थप्पड हानेको एक घण्टापछि नै विल स्मिथले उत्कृष्ट अभिनेताको अवार्ड उचालेका थिए । उनले किङ रिचर्ड फिल्मका लागि उक्त उपाधि पाएका हुन् । स्मिथले आफूले पनि क्रिस लगायत साथीहरूलाई चित्त दुखाएको प्रतिक्रिया दिएका छन् ।

‘मैले एकेडेमीको विश्वासलाई धोका दिएँ। मैले अन्य उम्मेदवार र विजेताहरूलाई उत्सव मनाउने अवसरबाट वञ्चित गरें,’ स्मिथले भनेका छन् । यस्तै उनले परिवर्तन हुन समय लाग्ने भन्दै अब हिंसात्मक गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको तर अनुशासनात्मक कारबाही जारी राख्ने प्रतिक्रिया दिएका छन् । कमेडियम रकले भने स्मिथमाथि कुनै मुद्दा दायर नगर्ने बताएका थिए ।

स्मिथकी श्रीमति जाडा पिंकेट स्वास्थ्य समस्याका कारण केही समययता कपाल झर्ने समस्याको सामना गर्दै आएकी छन् । सोही विषयलाई रकले मजाक बनाएर स्टेजबाट कमेडी गरेका थिए । सोही विषयलाई लिएर स्मिथले रकलाई थप्प हानेका हुन् ।

कतिपय मिडियाले भने ओस्कर अवार्ड घोषणा कार्यक्रमभन्दा पनि स्मिथले थप्पड हिर्काएको विषयले बढी चर्चा पाएको भन्दै टिप्पणी गरेका थिए । यद्यपि उक्त घटना अझै पश्चिमा मिडियाका लागि चर्चाको विषय बनेको छ ।

हालै स्मिथले राजीनामा दिएको संस्था एकेडेमी अर्थात् ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस’ हरेक वर्ष फिल्मकर्मीलाई ओस्कर अवार्ड प्रदान गर्ने निकाय हो । १९२७ मा स्थापित यो संस्थाले दिने अवार्ड संसारभरका फिल्मकर्मीका लागि प्रतिष्ठाको विषय बन्ने गर्छ । स्मिथले सोही संस्थाको सदस्यताबाट राजीनामा दिएका हुन् ।

  • ओस्कर अवार्ड कार्यक्रम
  • थप्पड हानेपछि
  • राजीनामा
  • स्टेजमै
आइतबार, चैत २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.