• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ३. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ४. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ७. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ८. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ९. क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • १०. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

राष्ट्र सुरक्षाका लागी अन्तर निकायबीच बलियो सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताउनुभएको छ ।

शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उहाँले आजको अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा चलिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “देशको संवेदनशील भू–राजनीतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुन्छ, त्यसतर्फ सचेत रहँदै मुलुकको हित र स्वार्थमा कुनै किसिमको आँच नदिनेतर्फ हामी सबै सजग र प्रतिबद्ध हुन आवश्वक छ ।”

“राष्ट्रिय सुरक्षालाई सर्वाेपरि महत्व दिई सरकारले यस क्षेत्रको सुदृढीकरणको लागि राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलगायतका नीति र कार्ययोजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षा एक संवेदनशील र चुनौतीपूर्ण विषय हो, राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउन अन्तर निकायबीच समन्वय र सहकार्य बलियो हुन बनाउन आवश्यक छ ।”

सार्वजनिक निकायमा काम गर्ने राष्ट्रसेवकलाई समयसापेक्ष तालिम र अभिमुखीकरणमार्फत मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीका विषय र समाधानका सम्भावित उपायबारे सूचित गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले मुलुकको एकीकृत प्रयासबाट सुरक्षा चुनौतीलाई सामना गर्न सबै निकाय सदैव सजग र सचेत रहनुपर्छ भन्नुभयो ।

कलेजका शिक्षाध्यक्ष एवं उपरथी हीरालाल जोशीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाबारे जानकारी दिई सरोकारवालाबीच एउटै बुझाई स्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको १४ दिनको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम हालसम्म सुरक्षा फौज र गैरसैनिक नागरिक गरी हालसम्म १३८ जनाले लिइसकेको जानकारी दिइयो ।

उक्त कलेजबाट हालसम्म मध्यम तहका अधिकृतका लागि सञ्चालित ११ महिने कमाण्ड एण्ड स्टाफ कलेज तालिम नेपाली सेनाका एक हजार ४०, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ तथा विदेशी ९९ शिक्षार्थीले पूरा गर्नुभएको छ ।

आपसी समझदारी, समन्वय र सहकार्यबाट सुरक्षाका जटिल पक्षमा समान धारणा बनाउन मद्दत पुग्ने हेतुले सञ्चालन गरिएको यस पटकको उक्त तालिममा राष्ट्रिय सञ्चारमाध्यमका पाँच पत्रकारसहित २८ जना सहभागी हुनुहुथ्यो ।

रासस

  • प्रधानमन्त्री
  • राष्ट्रिय सुरक्षा
शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य
गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ
एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल
बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ३.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ४.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

भर्खरै

  • १.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ३.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

  • ५.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ६.
    एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ७.
    बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

  • ८.
    आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.