काठमाडौं : तीन महिनामा नै एमालेमा तीन लाख पार्टी सदस्य थपिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका अनुसार महाधिवेशनमा ८ लाख ५५ हजार सदस्य रहेकोमा अहिले थपिएर ११ लाख नाघेको छ ।
अध्यक्ष ओलीले पार्टीमा उत्साहजनक सहभागिता बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले पार्टीका गतिविधि र विवरणलाई चुस्त राख्न जिल्ला कमिटीमा एक जना आईटी विज्ञ राख्ने निर्णय भएको बताउनुभयो ।
एमालेमा पछिल्ला साता पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरसहितका ठूलो संख्यामा जनप्रतिनिधि प्रवेश गरेका छन् ।