गैंडाकोट : निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचन २०७९ काे चुनावी तालिका सार्वजनिक गरेकाे छ । आयाेगले सार्वजनिक गरेकाे तालिका अनुसार बैशाख ११ र १२ गते उमेदवार मनाेनयन गर्न सकिन्छ ।
उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति बैशाख ११ र १२ गते बिहान १० बजेदेखि सांझ ५ बजेसम्म ताेकिएकाे छ।
मौन अवधि मतदान शुरु हुनभन्दा ४८ घण्टा अगाडि (२०७९ वैशाख २७ गते राती १२.०० बजेदेखि वाट लागू हुनेछ ।
प्रत्येक मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षित रूपमा प्राप्त गरेपछि मतगणना कार्य शुरू गर्नु पर्ने आयाेगले जनाएको छ ।
बैशाख ३० गते बिहान ७ बजेदेखि सांझ ५ बवेसम्म मत खसाल्न सकिनेछ । मतगणना कार्य समाप्त भएपछि निर्वाचन अधिकृतले तत्कालै निर्वाचन परिणाम घोषणा गर्नु पर्ने आयाेगले जनाएको छ ।