• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

महिला हत्या गरेको अभियोगमा दुई जना पक्राउ


काठमाडौं : भक्तपुरमा एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछें बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल छन् ।

काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी वर्ष २८ की जेनिशा नगरकोटीको घाँटी रेटेर छातीमा चक्कुले रोपेर हत्या गरी चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको तरकारी बारीमा रहेको टिनको टहरामा परालले छोपी राखेको अवस्थामा गत सोमबार राति फेला परेको थियो ।

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले कुमार र नवराजलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

हत्याको कारण लागुऔषध दुव्र्यसनी र शारीरिक सम्बन्ध भएको प्रनाउ पाण्डेले बताउनुभयो । प्रहरीका अनुसार कुमार, नवराज र जेनिशा चिनजानका साथीहरु हुन् ।

कुमार र जेनिशा एउटै घरमा डेरा गरी बस्ने र कुमारको कोठामा आउँदा जाँदा नवराज र जेनिशाबीच पनि चिनजान बढेको पाइएको प्रनाउ पाण्डेले बताउनुभयो ।

जेनिशा केही महिनादेखि श्रीमान्सँग टाढिएर एक्लै बस्दै आएको र कुमारसँग नजिकीएको अनुसन्धानका क्रममा खुल्न आएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

श्रीमान्सँग टाढिएकी जेनिशा र कुमारको सम्बन्ध बढ्दै गएर शारीरिक सम्बन्धसमेत हुँदै आएको थियो । कुमारको कोठामा आउँदा जाँदा चिनजान भएका जेनिशा र नवराजको पनि सम्बन्ध बढ्दै गएर शारीरिक सम्बन्धसमेत हुने गरेको थियो ।

यही बीचमा जेनिशा, कुमार र नवराजबीच गत फागुन २१ गते राति शारीरिक सम्बन्धको विषयमा विवाद हुँदा जेनिशाको घाँटी रेटी छातीमा समेत चक्कुले रोपेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताउनुभयो ।

हत्या आरोपमा पक्राउ परेका कुमार यसअघि पनि लागुऔषध ब्राउन सुगरलगायतको ओसारपसार र चोरी मुद्दामा करिब १० वर्ष जेल बसेर छुटेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताउनुभयो ।

दुवै आरोपीलाई कर्तव्य ज्यान मुद्दामा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

  • अभियोगमा
  • दुई जना
  • महिला
  • सार्वजनिक
  • हत्या गरेको
बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.