काठमाडौं : काठमाडौंमा बढ्दो पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले प्रदर्शन गरेका हुन् ।
आयल निगमले २ दिन अघिमात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
प्रदर्शनपछि आयोजित कोणसभामा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले महँगी नियन्त्रण गर्न माग गर्दै एमसीसीको समेत विरोध गरेका थिए ।