• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

नवलपुर । नवलपुरको गैँडाकोटमा सञ्चालन भएको चौथो गैंडाकोट महोत्सव २०८२ को हिसाब सार्वजनिक गरिएको छ । गत वर्षको पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा भएको महोत्सवको हिसाब मंगलबार सार्वजनिक गरिएको हो ।

मंगलबार गैँडाकोटमा आयव्यय विवरण प्रस्तुत एवम् पत्रकार भेटघाट कार्यक्रम गर्दै आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले सार्वजनिक गरेको हिसाबअनुसार महोत्सवले उठेको रकमध्ये ३४ हजार रुपैयाँ फाइदा गरेको छ । मंगलबार सार्वजनिक विवरण अनुसार महोत्सव अवधिभर कुल ६५ लाख ७६ हजार ६२६ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । आम्दानीका मुख्य स्रोतहरूमा स्टल बिक्री, टिकट बिक्री, बाल उद्यान, विभिन्न प्रायोजकहरू र नेपाल सरकारबाट प्राप्त सहयोग रहेका महोत्सव मूल समिति संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले जानकारी दिए ।

महोत्सवको कुल आम्दानीमध्ये २४ लाख ६१ हजार ८६५ रुपैयाँ नगद संकलन भएको तथा बोलकबोल भएकोमध्ये ४१ लाख १४ हजार ७६१ रुपैयाँ उठ्न बाँकी रकम रहेको कँडेलको भनाइ छ । यस्तै, महोत्सव सञ्चालनका लागि कुल २४ लाख १६ हजार २१ रुपैयाँ खर्च भएको कँडेलले बताए । उनका अनुसार कर्मचारी तलब, इन्धन, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सुरक्षालगायतका २४ वटा शीर्षकमा महोत्सवको रकम खर्च भएको छ ।

महोत्सवको नगद आम्दानी र कुल खर्चको हिसाब गर्दा कर कट्टा गर्नुअघि ४५ हजार ८४४ रुपैयाँ नाफा गरेको भन्दै नाफाबाट नियमानुसार २५ प्रतिशत कर कट्टा गरेपछि महोत्सवको खुद नगद बचत ३४ हजार ३८३ रुपैयाँ भएको उनले बताए । हिसाब सार्वजनिक गर्दै कँडेलले महोत्सवले आर्थिक मन्दीका बीच पनि स्थानीय व्यापार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पु¥याएको बताए । चौथो गैँडाकोट महोत्सवको नगद बचत थोरै देखिए पनि यसले समग्र गैंडाकोटको आर्थिक क्षेत्रलाई चलायमानतामा ठूलो ऊर्जा थपेको उनको भनाइ छ ।

हिसाब सार्वजनिक कार्यक्रममा संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले उठ्न बाँकी रहेको सबै रकम उठ्ने दाबी गरे । “बाँकी भएको सबै रकम उठ्छ, यसमा शङ्का गर्नुपर्ने ठाउँ नै छैन” उनले भने, “महोत्सवपछि भएको आम निर्वाचन, उद्योग वाणिज्य महासंघको निर्वाचनलगायतका कारणले रकम उठ्न ढिला भएको हो ।” विगतका कमीकमजोरीहरुलाई हटाउँदै पाँचौं महोत्सव गर्ने तयारीमा उद्योग वाणिज्य संघ जुटेको उनले बताए ।

महोत्सवलाई प्रवर्द्धनमुखी बनाउन खोज्दा धेरै नाफा नभएको सापकोटाको भनाइ छ । “हामीले स्थानीय उत्पादनका लागि निःशुल्क स्टल उपलब्ध गराएका थियौँ” सापकोटाले भने, “कृषि, डेरी तथा अन्य स्थानीय उत्पादनका गरी महोत्सवमा ३९ वटा स्टल निःशुल्क प्रदान गरिएको थियो ।” महोत्सवमा जम्मा १२३ वटा स्टल राखिएको भन्दै सापकोटाले महोत्सवबाट स्थानीय व्यवसायीहरु सन्तुष्टि भएको बताए ।

मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.