• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, मङि्सर ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • २. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ३. तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

  • ४. गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

  • ५. आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

  • ७. आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

  • ८. कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

  • ९. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • १०. आज मिति २०८३ साल मंसिर ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान


काठमाडौँ,जेठ १५-  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ। बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री वाग्लेले बताएका छन्। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने उनको तयारी छ।

बजेटमा बर्सौंदेखि रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत गतिमा सम्पन्न गर्ने र कमजोर अवस्थाका सार्वजनिक निकाय खारेज गर्नेसम्मको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने तथा व्यक्तिगत आयकरको सीमा बढाउनेलगायतका कार्यक्रम बजेटमा समेटिँदै छन्। उपभोग र लगानी बढाउँदै बढीमा सात वर्षभित्र नेपाललाई एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य अर्थ मन्त्रालयले राखेको छ। यस पटक बजेटको आकार २० खर्ब रुपियाँ नाघ्ने अनुमान गरिएको छ।

अर्थमन्त्री वाग्लेले संसद्मा विनियोजन विधेयकसहित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नेछन्। संवैधानिक प्रावधान अनुसार हरेक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्छ। बजेट प्रस्तुत गर्नु अघिल्लो दिन बिहीबार अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी बजेटबारे जानकारी गराइसकेका छन्।

पछिल्लो १० वर्षमा बजेटको आकार दुई गुणाभन्दा बढीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढ्न सकेको देखिँदैन। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ८ खर्ब १९ अर्ब रुपियाँ रहेको बजेटको आकार चालु आर्थिक वर्ष २०८२/८३ मा १९ खर्ब ६४ अर्ब रुपियाँ पुगेको छ।

बजेटको आकार बढे पनि मुख्य स्रोत राजस्व सङ्कलन संकुचित हुँदा सरकारलाई प्रत्येक वर्ष स्रोत व्यवस्थापनको दबाब थपिँदो छ। चालु आवमै १९ खर्ब ६४ अर्ब रुपियाँको सुरु बजेट विनियोजन गरिएकोमा राजस्व भने १० खर्ब २१ अर्ब रुपियाँ मात्र सङ्कलन हुने संशोधित अनुमान छ। यसले सुरु विनियोजन र वास्तविक राजस्वबिच ठुलो खाडल देखाउँछ । उक्त खाडल पूरा गर्न सरकारले बर्सेनि लिने सार्वजनिक ऋणको आकार बढिरहेको छ।

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग
काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ
नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

लोकप्रिय

  • १.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • २.
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ३.
    आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

  • ६.
    गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

भर्खरै

  • १.
    जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

  • २.
    बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

  • ३.
    नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

  • ४.
    आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ५.
    आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

  • ७.
    काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

  • ८.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.