बाँके : बाँकेको नेपालगञ्जबाट लागूऔषध चरेस सहित एक जना महिला पक्राउ परेकी छन । मंगलबार करिब १ :३० समयमा नेपालगञ्ज उपमहानगरपालिका २० राझाँ बिमानस्थलबाट महिला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।
पक्राउ पर्नेमा कालीकोट तिलागुफा गाँउपालिका ७ की ५० वर्षिय कृष्णकला शाही रहेकी छन् ।
शाही बुद्ध एयरको उडानबाट काठमाण्डौं जान लागेको बेलामा बिमानस्थलको टर्मिनल हलबाट डिपार्चर तर्फ जाने क्रममा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध बरामद भएको कार्यालयका सूचना अधिकारी मधुसुधन न्यौपानेले बताउनुभएको छ ।
शाहीले लगाएको सुरुवालको इजार भित्र लुकाई छिपाई राखेको चरेस जस्तो देखिने कालो पदार्थ ३३ ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।