काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पतिलाई कोरोना संक्रमण भएको छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिवार परीक्षण गराउदा कोरोना पोजेटिभ देखिएको हो।
सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतीले पिसिआर परीक्षण गराउनुभएको थियो। पिसिआर गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको थियो।
हाल उहा बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ। कोरोना संक्रमित भए पछि पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। उहाहरूको स्वास्थ्य अवस्था स्थिर रहेको ओलीको सचिवालयले जनाएको छ।