चितवन : भरतपुर अस्पतालले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन आग्रह गरेको छ। अस्पतालले कोभिड-१९ तेस्रो लहरको संक्रमण दर बढ्दो क्रममा रहेकोले अत्यावश्यक विरामी वाहेक सामान्य विरामीलइ अस्पताल नआउन अनुरोध गरेको हो ।
अस्पतालले संक्रमण दर बढ्दो अवस्थाको देखिएपछि प्रेस विज्ञप्ति जारी गरी जिल्लामा संक्रमणको उच्च प्रकोप देखिएको उल्लेख गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा काठमाडौंको त्रिवि शिक्षण र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएको उल्लेख गर्नुभएको छ। उहाले सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीहरूले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने बतायनुभएको छ।
भरतपुर अस्पतालमा पुस ३० गते १४६ जनामा गरिएको परीक्षणमा ११५ जना पोजिटिभ देखिएको थियो। आज ५२६ जनामा कोभिड परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले गम्भीर समस्या भएर अस्पताल आउने क्रम कम देखिए पनि कोरोनाको संक्रमण समुदायमै फैलिएको देखिएको बताउनुभएको छ।
‘ज्वरो, रुघा र जीउ दुख्यो भनेर धेरै फोन आइरहेका छन्, उनीहरू प्राय जसो परीक्षणका क्रममा पोजेटिभ देखिएको वताउदै उहाले ‘तेस्रो लहरलाई फैलन नदिन समुदायमा चेतना बढाएर सावधानी अपनाउँदै परीक्षण बढाएर होसियारका मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।