• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

बुलिङटार ६ घुमारीघाट पर्यटकको गन्तब्य बन्दै


नेपालमा अहिले आन्तरिक पर्यटकहरुको सख्या क्रमश बढदै गएको छ । पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्न पर्दछ । आन्तरिक पर्यटकहरुमा धेरै तिर्थाटनमा भ्रमण गर्ने हुन्छन । यातायातका साधन चल्न थालेपछि अधिकांश पर्यटकहरु मुक्तिनाथ पुग्ने गर्दछन । तिर्थाटनको लागी मुक्तिनाथ मात्र यस्तो ठाउँ हो जहाँ पञ्चतत्व पाइन्छ । मुक्तिनाथमा ज्वालादेवीको मन्दिर छ, जहाँ आगो, पानी, पृथ्वी, हावा र जल पाइन्छ । यहाँको ज्वालामाई परापूर्वकालदेखि अहिलेसम्म पानी माथि बलिरहेको छ ।

मुक्तिनाथसँग राजा मुकुन्द सेनको नाम पनि जोडिएको छ । मकवानपुरबाट पश्चिमको यात्रामा देवघाट, गैडाकोट हालको मौलाकाली, ९चारधाम०, बाग्लुङको कालिकादेवी र मुक्तिनाथको धारासँग मुकुन्द सेनको नाम जोडिएको छ । चाहे जे होस मुक्तिनाथ यस्तो तिर्थाटन पर्यटकिय स्थल हो । जहाँ लाखौ मानिस प्रत्येक वर्ष पुग्ने गर्दछन् ।

तिर्थाटनमा निस्कने पर्यटकहरुले कालीगण्डकीका धेरै धामको बारेमा थाहा नपाएको हुन सक्दछ १ कागबेनीमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र दामोदरकुण्डबाट बग्दै आउने मुस्ताङ खोला मिसिन्छन् । त्यसपछि कालीगण्डकीको नामाकरण हुन्छ । हिन्दू धर्मका विष्णु भगवानको साक्षात् रुप मानिने अति दुर्लभ शालिग्राम पाइने कालीगण्डकीमा पाइन्छ । मुक्तिनाथ देखि देवघाटसम्म ३३८ किलोमिटर कालीगण्डकीको दुरी छ । कालीगण्डकी मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, स्याङजा, पाल्पा, नवलपरासीको पूर्वी भाग र तनहू समेत ९ जिल्लाको बिचबाट बग्दछ । कालीगण्डकी नदी नेपालको यस्तो नदी हो जहाँ धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व धेरै रहेको छ ।

मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकीमा गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, कुश्मामा मोदी खोला, रुद्रबेनीमा बडी गाड, रिडीमा रिडीखोला, आधिदोभानमा आँधिखोला मिसिन्छन् । राम्दीघाटबाट दक्षिण लागेपछि स्याङजा, पाल्पा, तनहू र नवलपरासीको भूगोलमा ठूलो उपत्यका बनेको छ ।यो उपत्यका अहिले प्रदेश नम्वर ४ र ५ को सिमा पनि पर्दछ । उपत्यकामा मनोरम प्राकृतिक सौन्दर्यले सजिएका पहाडी श्रृखलाका बस्तीहरु पनि यात्राको क्रममा देख्न सकिन्छ ।

उपत्यका भित्र लेक,बेसी समतल मैदानीभाग, बिचमा बग्ने कालीगण्डकीले यो उपत्यकाको सुन्दरताले सबैलाई लोभ्याउछ । उपत्यका भित्र रहने बिभिन्न जातजाति विविध कला, सस्कृति, रितिरिवाज, परम्परा, भेषभुषाले यात्रामा अर्कै आनन्द पनि दिन्छ । उपत्यका वरपरका पहाडमा ऐतिहासिक कोट, गढी, किल्ला दरवार र ऋषिमुनीहरुका बिभिन्नघाटमा रहेको तपोकेन्द्रले थप अध्यनको विषय बन्दछ । बिच कालीगण्डकी नागवेली आकारमा बगेको छ ।

यो उपत्यकाका दर्जनौ कालीगण्डकी नदीको घाटपनि तिर्थाटनको लागी पवित्र मानिन्छ । अर्सदीघाट, हुँगीघाट, माझीगाउँ, रत्नपुरको खोरियाघाट, रामपुरको गौरीघाट, तातोपानीघाट, ज्याग्दीघाट, रामघाट, केलादीधाम, पुट्टारघाट, हडाहाघाट, अत्रौलीघाट, खर्सराघाट, तनहुँ नवलपरासीको संगम घुमरीघाट, कोटथर, लगाएतका तिर्थाटन घाटको छुट्टा–छुट्टै महत्व रहेको छ । यी सबै घाटहरुको तिर्थाटन र अध्ययन अवलोकन तिर्थाटनमा पुगेका पर्यटकहरुले गर्न सक्दछन । कालीगण्डकीको घाट मध्ये स्याङजा, पाल्पा र तनहू को सिमामा पर्ने केलादीघाटको महत्व भिन्न छ ।

हिन्दु सम्प्रदायहरुमा बैष्णव धर्म, कृष्ण प्रणामी, जैन, शिख आदि सवै पर्दछ । सम्प्रदायको विकास क्रममा धर्मगुरुहरुको आ–आफ्नै व्याख्या र परिभाषाका कारणले कतिपय हिन्दुभित्रका सम्प्रदायहरुमा सस्कार समेत फरक छ । केलादीघाटमा वैष्णव धर्मको बारेमा धेरै अध्ययन गर्न सकिन्छ ।केलादीघाटमा राधाकृष्ण मन्दिर रहेको छ । यो मन्दिर प्राचिन कालदेखि धेरै प्रशिद्ध मानिन्छ । यस मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । केलादीघाटलाई नेपाल निम्बर्क पीठ को जन्मथलोको रुपमा लिने गरिन्छ । केदालीमा बृद्धा आश्रम पनि सन्चालनमा छ ।

स्याङजा र पाल्पा जोडने केलादीघाटमा पक्की पुल बनेपछि तिर्थाटनमा जाने पर्यटकहरुलाई सुबिधा भएको छ । केलादीमा ३ सय ५० बर्षअघि निर्माण भएका राधाकृष्ण, शिव मन्दिर र लक्ष्मीनारायण मन्दिर रहेका छन् । पुराना मठ–मन्दिर प्राचीन समयमा ब्राह्मण पुरोहितले निर्माण गरेका हुन् । केलादीमा शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा तिर्थाटनको लागी पर्यटकहरु पुग्ने गर्दछन । मेलाको रमाइलो हेर्न भने केलादीमा यीनै चाडपर्वमा पुग्नु पर्दछ ।कालीगण्डकीका घाटहरु मा घुमारीघाट आजभोली तिर्थाटनको लागी गन्तब्य बनेको छ । सडक यातायातको सुविधा भएपछि आजभोली घुमारीघाटमा धेरै तिर्थाटनका पर्यटकहरु पुग्ने गरेका छन ।

हेर्दा नै अचम्म लाग्ने प्रख्यात तिर्थाटनको घुमारीघाट नवलपरासीको बुलङिटार र तनहूँको घिरिङ गाउँपालिकाको सिमानामा रहेको छ । घुमारीघाट साविक भारतीपुर ७ थियो भने अहिले बुलिङटार गाउँपालिका ६ मा पर्दछ । घुमारीघाट कालीगण्डकीले नेपालको मध्यविन्दुमा निर्माण गरेको आकर्षकघाट हो । धार्मीक मान्यतामा अनुसार कालीगण्डकी देवघाटमा तर्फ बग्दै जादा कामधेनु गाईले बाच्छीलाई दुध खुवाउँदै गरेकोले नदी दाया परिक्रमा गर्दा घुमाउरो आकार लिन पुगेको हो ।

घुमारीघाटलाई तनहुँको भूगोलमा पर्ने राम्जाकोटको उम्से डाँडाबाट हेर्दा कुम्भ भगवती लक्ष्मीको घडाको आकारमा देखिन्छ । घुमारीघाट कालीगण्डकीले बनाएका घाटहरु मध्यको अत्यन्त सुन्दर घाट मानिन्छ ।घुमारीघाटमा कालीगण्डकीले करिव ५०० रोपनी क्षेत्रफलको जमिनलाई शंख आकारमा घेरा दिएको छ । यो शखं अर्थात कुम्भ आकारको घुमारीघाटमा बुलिङटार गाउँपालिको भू–भाग बाट प्रवेश गर्न सकिन्छ । यो कुम्भ आकारको घुमारीघाटमा प्रवेश गर्ने मार्गमा करिव ५ मिटर मात्र नदीले जमिन छाडेको छ । कुम्भको मुखमा मूर्ति रहित कामधेनु मन्दिर पनि छ । जहाँ मूर्तिको रुपमा चट्टानमा देखिने गाई र बाच्छीको खुरको डोवमा पूजा गरिन्छ ।

लक्ष्मीपूजाको दिनमा विशेष पूजा गरिने यो मन्दिरको आकार सानो भएता पनि टाढाटाढा सम्म फैलिएको छ । बुढापाकाका अनुसार घुमारीघाटको भूखण्डमा पहिले मध्य रातमा शंखको आवाज समेत सुनिन्थ्यो तर अहिले भने त्यो आवाज सुनिन छाडेको छ । कालीगण्डकीले दाहिना परिक्रमा गरेको र शंखको आवाज सुनिने गरेकोले स्थानीय वासीन्दाले यो भूखण्डलाई दाहिना शंख पनि भन्ने गरेका छन् ।

वराहपुराणमा उल्लेख गरिएको शालङायन ऋषिले तपस्या गरेपछि चारैदिशामा भगवानको दर्शन पाउनुभएको कथासंग मिल्ने यो भूखण्डलाई प्राचीन शंखप्रभको रुपमा लिने गरिएको छ । शालिग्रामयुक्त बगरले बनेको यो भूखण्डमा पाईने हरेक चट्टानमा शालिग्रामको दर्शन गर्न पाईन्छ । भने कालीगण्डकीको तिरमा विभिन्न आकारका शालिग्रामहरु पाईन्छ ।शालिग्रामहरुको बास भएको भूखण्डको बीचमा हिरण्यगर्भ शालिग्राम विराजमान भएको विश्वास गरिन्छ । घुमारीघाटलाई देवकुम्भको उपनामले पनि चिन्न सकिन्छ ।

घुमारीघाट वरपरका डाडाकाडामा देउचुली तीनकन्या माई, कोटथर छत्तिसामाई, डाडाझेरी जलदेवीमाई, दराईगाँउ अकलामाई जस्ता ऐतिहासिक मठ मन्दिरहरु पनि रहेका छन । घुमारीघाटमा तिहारको लक्ष्मीपुजा दिन ठूलै लाग्ने गर्दछ । मेलामा लोपोन्मुख दरै, मगर समुदायको संस्कृति, मारुनी, कौरा नाच, नौमतीबाजा, भजन कृतन समेत देख्न पाइन्छ ।

आजभोली घुमारीघाटलाई ग्रामीण सडक सञ्जालले जोडेको छ । तनहुँको खैरेनिटार, नवलपरासीको गैडाकोट तथा दलदले, पाल्पाको रामपुर र स्याङजाको साँखर केलादीबाट ग्रामिण सडक हुदै घुमारीघाट पुग्न सकिन्छ । अहिले गैडाकोटबाट कालीगण्डकी करिडोरको सडकबाट पनि घुमारीघाट पुग्न सकिन्छ । यो मार्गबाट यात्रा गर्दा कोटथर, बुलिङ डाडाभलेरी, बुलिङटार, अर्खला र भारतीपुर वरपरका महाभारत पर्वतका सुन्दर बस्ती र प्राकृतिक संम्पदाको अवलोकन गर्न सकिन्छ । यो सडकबाट यात्रा गर्दा करिव ४५ कि।मी निर्माणाधिन कालीगण्डकी करिडोरको यात्रा गर्नु पर्दछ ।

अर्को सडक हो दलदले–बुलिङटार । यो सडकबाट बुलिङटार पुग्नको लागी पहाडी श्रृखलाको सडक यात्रागर्नु पर्दछ । दलदले–बुलिङटार सडकको दूरी पनि करिब ४५ किलोमिटर पर्दछ । मोटर मार्गबाट डेढगाउँ, रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, धौबादीलगायतका धेरै पहाडी बस्तीहरु देख्न सकिन्छ । बुलिङटारबाट घुमारीघाटको दुरी ७ कि।मी। पर्दछ । पोखरा अर्थात खैरेनीटारबाट घुमारीघाट पुग्नको लागी भिमाद, भेनुङ द्यौराली, मानपुर, डेडगाउँ भएर पनि पुग्न सकिन्छ ।

तानसेन तिरबाट घुमरीघाट जानको लागी आर्यभज्याङ–रामपुर अथवा राम्दीको पिपलडाडाको सेरा भएर कालीगण्डकी करिडोर हुदै पनि रामपुर पुग्न सकिन्छ । यो सडकबाट यात्रा गर्दा पाल्पाको हुगी, गेजा, हेक्लाङ, खालीवन भएर रामपुर पुग्न सकिन्छ । रापुरबाट गाडाँकोट, भलायटार, स्याउली बजार, बाकामलाङ, बुलिङटार भएर पनि घुमरीघाट पुग्न सकिन्छ । पाल्पाको रामपुर भएर घुमारीघाट जाने तिर्थाटनका पर्यटकले रापुरको ताल पोखराको अवलोकन गर्न पनि सक्दछन । झट्ट हेर्दा पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा आजभोली पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पाल्पा रामपुर पुग्ने पर्यटकहरुले तालपोखरा अवलोकन गर्दछन ।

रामपुर नगरपालिका–६ मा रहेको तालपोखरा वर्षाको पानीलाई जम्मा गरेर पोखराको फेवातालको झल्को दिने स्वरुप निर्माण गरिएको छ । तालपोखरा अहिले यो क्षेत्र रामपुरकै पर्यटकीय क्षेत्रको गन्तव्यस्थल बन्न पुगेको छ । बिहान, दिउँसो, साँझ जुनसुकै बेला पनि यहाँ अवलोकन गर्न सकिन्छ । करिव सभा ५ क्षेत्रफलमा रहेको तालपोखरा फेवातालजस्तै देखिन्छ । तालको बिचमा रहेको मन्दिर मन्दिरको तीन ठाउँमा पूजाआजाका लागि प्रवेशद्वार समेत रहेको छ । रामपुरमा तालपोखरा बाहेक सिताकुण्ड, शिद्धबाबा मन्दिर, खैरेनी मन्दिर पनि अवलोकन गर्न सकिन्छ ।

रामपुरमा पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले भ्यूटावर संचालनमा ल्याइएको छ । भ्युटावर रामपुर बेझाँडको राम्चे सामुदायिक बनमा रहेको छ । भ्यूटावरबाट पाल्पा, स्याङजा र तनहु जिल्लाका समथर टारहरु, नागवेली आकारमा बगेको कालीगण्डकी, रामपुर उपत्यका, कालिगण्डकी नदीसंगै यस क्षेत्रका ऐतिहासिक राधादामोदर मन्दिर केलादी, खोप्टारको पाटी, तालपोखरा, ओकीबाजे पार्क, खैरेनी सामुदायिक बन, झिरुवासको कबुलियती बन लगायतका पर्यटकीय क्षेत्रहरु भ्युटावरबाट देख्न सकिन्छ ।

नेपालको हिमनदी मध्ये कालीगण्डकी गण्ड ऋषिको नामबाट नामकरण हुन गएको हो भन्ने कुरा धार्मिक ग्रन्थमा पाइन्छ । कालीगण्डकीको करिब तीनसय ३८ कि।मि। लम्बाइ रहेको यस नदीले पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरी बीचको भू–भागलाई प्रभावित पारेको हुनाले यस भू–भागलाई गण्डक प्रदेश पनि भन्ने प्रचलन रहेको छ । नेपालका हिमनदीहरु मध्ये कालीगण्डकीक नदीको महिमा अन्य नदी भन्दा फरक रहेको छ । कालीगण्डकीमा पाइने शालीकग्रामको महत्व मानिन्छ । कतिपय नदी तिब्बतबाट शुरु भै नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट शुरु भै देवघाटमा पुगी त्रिशुली नदीमा विलय भएपछि नारायणी अथवा सप्त गण्डकीको नामले बग्ने गर्दछ ।

हामी नेपालीहरु तीर्थ गर्न विदेश पुग्दछांै । इतिहास खोज्न प¥यो भने विदेशीले लेखेका किताव खोज्दछांै । आफ्नो देशको हिमश्रृंखलाबाट निस्किएको हिम नदीमा नुहाउन छिमेकी मित्रराष्ट्र भारतको विभिन्न स्थानमा पुग्दछौं । नजिकको तीर्थ हेला भने झै आफ्नै भूमिमा भएका ऐतिहासिक,धार्मिक सम्पदाको बारेमा अध्ययन, अनुसन्धान र भ्रमण गर्ने अधिकांश नेपालीहरुको बानी छैन । कालीगण्डकीको सेरोफेरोमा यस्ता तिर्थाटन एवं ऐतिहासिक मठ–मन्दिरहरु धेरै छन् । समय मिलाएर भ्रमण गर्न सके कालीगण्डकीको महत्वका बारेमा धेरै कुराहरु जान्न सकिन्छ ।

मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.