• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

टेकु अस्पतालका डाक्टरको चित्कार , ‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो’


काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्राङ्गणमा डा. अनुप बाँस्तोला आत्तिँदै अक्सिजन माग्दै थिए ।

‘ए ! दाइ अक्सिजन ल्याउनु न । मान्छे जाने भइसक्यो । छिटो छिटो… एक लिटरमा चलाइ रहेको मान्छेको सिलिन्डर ल्याउ ।’

प्राङ्गणको चिसो भुइँमा लम्पसार परेका कोभिडका एक बिरामी सास फेर्न गाह्रो भएर छटपटीरहेका थिए । उनको शरीरमा अक्सिजनको लेभल घटेर ३२ मा आइपुगेको थियो ।

उनको ढाडमाथि थियो, डा. अनुपको हात । अनि घोप्टो पारेर ढाडमा ढ्यापढ्याप पार्दै उनलाई सास फेर्न सहज बनाउँदै थिए । अस्पतालकै एक सहयोगीले हतार-हतार प्राङ्गणमै अर्को बिरामीलाई दिइरहेको अक्सिजन झिकेर ल्याए र उनलाई चलाए । केहीबेरपछि उनको अक्सिजनको लेभल ९० मा पुग्यो ।

छेउमै रहेकी एक महिलाले लामो सास फेरिन् । अनि डाँको छोडेर रूँदै फोनमा भन्दै थिइन्, ‘ज्वाइँलाई गाह्रो भयो । एक्लै छु ।’

उनि थिईन गोरखाको शहीद लखन गाउँपालिका, ताक्लुङ्गकी ४० वर्षीया सविता लामिछाने बिहीबार राति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्राङ्गणमा भेटिएकी थिइन्। अस्पताल प्राङ्गणको चिसो भुइँमा घोप्टो परेर अक्सिजनको प्रतीक्षामा लडिरहेका थिए ४२ वर्षीया सविताका श्रीमान् बाबुराम लामिछाने । उनको शरीरमा अक्सिजनको तह निकै तल झ रिसकेको थियो ।

डा. अनुप बाँस्तोलाले हतार-हतार अक्सिजन चढाए । ३२ मा झरेको उनको अक्सिजनको तह केही बेरपछि ९० मा पुग्यो । बाबुरामको शरीरमा जति अक्सिजनको तह घट्थ्यो, त्योभन्दा बढी सविताको मुटु ढुकढुक गर्थ्यो । उनी डाक्टरसँग हा रगु हार गर्थिन् । बल्लबल्ल डाक्टरले बाबुरामका लागि प्यासेजमा बेड मिलाए । तर, उनका लागि भेन्टिलेटर चाहिने थियो । जो सम्भव नै थिएन ।

२९ वैशाख (बुधबार) मा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा श्रीमान्‌लाई पुर्‍याएकी सविताले बेड र अक्सिजन नपाएपछि भोलिपल्ट बिहीबार टेकुमा पुर्‍याएकी थिइन् । तर, सोही दिन नवनियुक्त प्रधानमन्त्री केपी ओली भन्दै थिए, ‘अस्पतालहरूमा बेडको खासै कमी छैन ।

बेड एकातिर बिरामी अर्कोतिर फर्किएको अवस्था छ । बेडमा भन्दा सुविधासम्पन्न अस्पतालमा जाने इच्छा सबैको हुन्छ, ताकि बाँच्न सकियोस् । त्यसकारण खासखास अस्पतालमा बिरामी केन्द्रित हुने र अरु ठाउँ रिक्त हुने स्थिति छ । सबै ठाउँमा बेडको उपलब्धता छ । बेड मात्र होइन, अक्सिजनसहितका बेडहरू । आवश्यक अन्य उपकरणसहितका बेडहरू उपलब्ध छ ।’

तर, अस्पतालको प्राङ्गणमा भने बेड, भेन्टिलेटर र अक्सिजन नपाएर बिरामी ढलिरहेका कारुणिक दृश्य देखिन्थे । वास्तवमा प्रधानमन्त्रीको भनाइ एकातिर अस्पतालहरूको हालत अर्कोतिर देखिन्थ्यो ।

प्राङ्गणमा कोभिडसँग जुधिरहेका बाबुरामले मलिन स्वरमा हामीसँग भरोसा मागे, ‘श्रीमती एक्लै छिन् । मलाई बेडमा नलगेसम्म नजानू ल ।’ त्यसो त यसअघि उनीसँग न चिनजान थियो, न बोलचाल नै भएको थियो । त्यही प्राङ्गणमा भेट भएको थियो । दुःखमा उनले हामीसँग सहारा खोजेका थिए । उनलाई प्राङ्गणबाट बेडमा सारेपछि निस्कनै लाग्दा फेरि सविताले भनिन्, ‘आज यतै बस्न मिल्दैन ?’ उनको पीडायुक्त आवाजपछि राति अबेरसम्म प्राङ्गणमै बस्यौँ । बाबुरामको स्वास्थ्यमा केही सुधार भएपछि आपत् परे फोन गर्न सुझाएर मध्यराति हामी घर फर्किएका थियौँ ।

भोलिपल्ट ! प्रातःकालमै मोबाइलमा घण्टी बज्यो । फोन थियो सविता दिदीको । ‘भाइ उहाँलाई गाह्रो भएको छ । आउन मिल्छ ?,’ उनको चीत्कार थियो । तत्कालै अस्पतालका कर्मचारीले अक्सिजन मिलाइदिपछि दिउँसो आउने बाचा दिए । फेरि १० बजे फोनमा कुरा भयो । उनले भनेकी थिइन्, ‘उस्तै छ तर उहाँ आत्तिनुभएको छ ।’

उनले ठीकै भएको संकेत दिएपछि अघिल्लो रात टेकु अस्पतालको दृश्यलाई शब्दमा उत्तार्दै थिए, ‘टेकुका डाक्टरको याचना, ‘एक लिटर भए पनि अक्सिजन ल्याऊ, मान्छे कोल्याप्स हुन लाग्यो’ । कोल्याप्स हुन लागेको पात्र तिनै बाबुराम थिए । त्यो रात बाबुराम बाँचेको कथा शब्दमा उतारेर टेकुतर्फ लागेँ । टेकु नपुग्दै बीचबाटोमै फोन आयो, ‘बाबुराम सर त बित्नुभएछ नि !’ अघिल्लो रात ‘बेडमा नलगेसम्म नछोड्नू है’ भनेका बाबुराम सदाका लागि छोडेर गइसकेछन् ।

टेकु पुग्दा श्रीमतीले उनको शवलाई पशुपति पुर्‍याएर आफैँले दागबत्ती दिएर अन्त्येष्टि गरिसकेकी रहिछिन् । फोन सम्पर्क गर्दा उनी कुरिनघाट पुगेको बताइन् । आउँदा श्रीमान्‌सहित आएकी सविता फर्किंदा एक्लै फर्किएकी थिइन् । अघिसम्म रातो पहिरनमा रहेकी सविताको रूप नै फेरियो । उनले श्रीमान् गुमाइन् । देशले एउटा कर्मठ शिक्षक गुमायो । बाबुराम सर सिंजाली माध्यमिक विद्यालय गोरखाका सहायक प्रधानाध्यापक थिए । ‘बाबुराम सर सबैको प्रिय हुनुहुन्थ्यो । सधैँ हास्नुपर्थ्यो’, पूर्वविद्यार्थी विन्दु परियार भन्छिन्, ‘विद्यार्थीसँग साथीको व्यवहार गर्नुहुन्थ्यो । उहाँको निधनको खबरले स्तब्ध भएकी छु ।’

पर्सिपल्ट ! फोन सम्पर्कमा आएकी सविताले भनिन्, ‘श्रीमान्‌को कोभिडको रिपोर्ट त आज बिहान आयो । पोजिटिभ ।’ २८ गते गाउँपालिकाले परीक्षणका लागि स्वाब लिएको थियो । तर, उनको रिपोर्ट ५ दिनपछि आयो । जति बेला बाबुराम यो संसारमै थिएनन् । कोभिडको रिपोर्ट नभएकाले नै टेकुबाट उनले श्रीमान्‌को शव लिएर अन्त्येष्टि गरेकी रहिछिन् । ‘१० बजे तपाईंसँग कुरा भयो । ११ बजे श्रीमान् बित्नुभयो । केही सोच्न सकिनँ । राजु धिताल भाइको सहयोगमा पशुपति पुर्‍याएँ’, उनी भन्छिन्, ‘कसरी व्यक्त गरौँ मेरो दुःख । तीन/चार जना आउनुभएको थियो । कोभिडको भनेर कसैले छुन मानेनन् । मेरो श्रीमान्‌को काम म आफैँ गर्छु भनेर दागबत्ती दिएँ । निको बनाउन काठमाडौं लगेको दागबत्ती दिएर गाउँ फर्किएँ ।’

गाउँ फर्किन उनले गाडीसमेत पाइनन् । ‘काठमाडौंबाट राजु भाइले कुरिनघाटसम्म पुर्‍याउनुभयो । कुरिनघाटमा गाउँबाट लिन आउनुभएको रहेछ । कोरोना भनेर गाडी चढाउने कोही भएनन्’, उनी भन्छिन्, ‘हिँडेर राति १ बजेतिर घर पुगेकी थिएँ ।’ घरमा दुईवटी छोरी बाबा र ममीको प्रतीक्षामा थिए । छोरीलाई समेत उनीले बाबा बितेको खबर सुनाउन सकिनन् । ‘बाबा निको भएर घर फर्किन लागेको भन्नुभएको थियो’, छोरी कृति भन्छिन्, ‘कुरिनघाट आइपुगेपछि फोन गर्दा ममीले बाबा त हुनुहुन्न भन्नुभयो । हामीले सम्हाल्नै सकेनौँ ।’

सिंजाली माध्यामिक विद्यालय गोरखाका सहायक प्रधानाध्यापक बाबुराम लामिछाने। सिंजाली माध्यमिक विद्यालय गोरखाका सहायक प्रधानाध्यापक बाबुराम लामिछाने। बाबुराम मात्र होइन । उनको परिवारमा अन्य सदस्यलाई पनि कोरोनाले भेटेको रहेछ । काठमाडौं आउनु अघिल्लो दिन बाबुरामले दिदीलाई पनि गुमाएका रहेछन् ।

‘१६ वैशाखमा भान्जीको बिहे थियो । १७ गते कान्छो ससुराको छोराको । बिहेमा सबै काम उहाँले नै गर्नुभयो । हाम्रो घरमा ठूलो दशा रहेछ । २७ गते दिदी (भान्जीको ममी) बित्नुभयो’, सविता भन्छिन्, ‘सासूआमा र जापानबाट आउनुभएका देवरको काठमाडौंमै उपचार भइरहेको छ ।’ आज सविताको घरमा सन्नाटा छ । ‘कोरोना भनेर कोही आउनुभएको छैन । दुईवटी छोरी र म मात्र छौँ । महिलाले पनि गर्न हुन्छ । १३ दिनसम्म गर्नुपर्ने काज किरिया आफैँ गर्छु’, हिम्मत जुटाउँदै उनी भन्छिन्, ‘घरको मात्र होइन, गाउँकै दियो निभेको छ ।’

काठमाडौंमा घर बनाउने र छोरीहरूलाई पढाउने बाबुरामको सपना भने अधुरै रह्यो । छोरीहरूलाई पढाउनकै लागि काठमाडौंको गोलढुंगामा चार आना जग्गामा ११ वैशाखमा जग हालेर घर फर्किएका रहेछन्, बाबुराम । काठमाडौंमा घरको जग हाल्दै गरेका बाबुराम ।

‘गाउँको घर पनि सडक बनाउन भनेर डोजरले भत्कायो । अब काठमाडौंमै बस्ने भनेर अस्ति मात्र जग हालेको थियो । १८–१९ गते फेरि घर बनाउन काठमाडौं आउने तयारी थियो । अब कति दुःख पाउने हो थाहा छैन । घरमा बाइक छ, अब त्यो के काम ?’, उनी विलाप गर्छिन् ।

बाबालाई सामान्य रुघाखोकी लाग्दा पनि गाउँलेले धारामा पानी लिन नआइज भनेर घृणा गरेको छोरी कृतिले दु:खेसो पोखिन् । ‘आफूलाई भन्दा बढी परिवारलाई माया गर्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘अस्पतालको लापर्बाहीले सानै उमेरमा बाबाले छोडेर जानुभयो । बाबाको मायालाई भुल्न सक्दैनौँ । उहाँको सपना अब ममी र हामी मिलेर पूरा गर्छौं ।’

बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.