चितवन, जेठ १४-
मेषः भोग विलासमा मन रमाउनेछ । परिवार र प्रेम सम्बन्धमा सुमधुर हुनेछ । छोटो तर रमाइलो यात्रा हुन सक्नेछ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ ।
वृषः दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । व्यापार व्यावसायमा नाफा आर्जन गर्ने योग रहेको छ ।
मिथुनः प्रेम र मित्रताको वातावरण रमाइलो रहनेछ । कृषि र व्यावसायिक कामबाट प्रशस्त फाइदा हुनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मानसम्मान र विद्या प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।
कर्कटः अनावश्यक यात्राले मनमा असन्तोष पैदा हुनेछ । अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ । लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ । धैर्य र संयमता अपनाउनु पर्ने दिन हो । निर्णय गर्दा सतर्क रहनुहोस् ।
सिंहः अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । साथीसँगको सहकार्यमा गरेको काममा सफल मिल्नेछ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने दिन रहेको छ ।
कन्याः आम्दानीका स्रोत बढ्ने योग छ । श्रमको मूल्य प्राप्त हुनेछ । आफन्त तथा परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ । गुम्न लागेको धन प्राप्त हुनेछ । योजना बनाएर अगाडि बढेमा सोचेको राम्रो काम बन्ने देखिन्छ ।
तुलाः वस्त्र, भोजन र विशेष उपहार हात लागि हुने समय छ । सहयोगीहरूले साथ दिनेछन् । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ ।
बृश्चिकः सम्बन्ध र सहयोगको महत्व रहनेछ । प्रयत्न गरे पनि तत्काल काम पूर्ण हुन गाह्रो पर्ला । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनु होला । अप्रिय समाचारले मन खिन्न बनाउला । सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ ।
धनुः यात्रा वा सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ । राज्यको उच्च तहबाट साथ र सहयोग मिल्नेछ । परिवारको साथमा गरेको घुमघाम अविस्मरणीय बन्नेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ ।
मकरः अचानक धन लाभको योग छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो आम्दानी हुने काम सुरु हुनेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।
कुम्भः अतिथिको रूपमा सत्कार पाइनेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ विचारको विकास हुनेछ । कृषि तथा व्यापार व्यावसायमा गरेको मिहिनेतबाट फाइदा हुनेछ । शैक्षिक क्षेत्रमा श्रमको राम्रो मूल्यांकन हुनेछ ।
मीनः सृजनात्मक काममा सफलता मिल्नेछ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्नेछ । आफन्त भनेका व्यक्तिबाट तपाईंलाई बदनाम गराउने काम हुनसक्नेछ । विपक्षीले सताउने भएकाले सचेत भएर काम गर्नुपर्नेछ ।



