चितवन, जेठ ९ – मेषः माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाईनेछ । शैक्षिक एवं राजनैतिक क्षेत्र कमजोर रहला । सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ ।
वृषः सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । व्यापार व्यवसायमा सोचेअनुसार हुनेछैन । बाटो काट्दा विशेष साबधानी अप्नाउनु होला । आज अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । कुनै पनि कुरामा नहतारिएकै उचित हुनेछ ।
मिथुनः नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्नेछन् । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
कर्कटः आज मनोरञ्जनात्मक कार्यहरूमा अल्झिँदा काममा पछि परिएला । आँखामा खराबी तथा मौसमी समस्या देखापर्नाले स्वास्थ्य कमजोर रहनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । सरकारी र प्रशासनिक कार्यहरूमा बाधा आउन सक्नेछ ।
सिंहः समय निकै उत्साहजनक रहनेछ । मनोरञ्जनमा सहभागि भइएला । प्राविधिक काममा सफलता मिल्नेछ । कुनै कामका लागि विशेष तयारी गरिनेछ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । मनपर्दो खानपानमा मन रमाउनेछ ।
कन्याः आज आन्तरिक विवाद झन् बढ्ने होकि भन्ने देखिन्छ । राजनीतिक खिचातानीमा फसिनेछ । माटो सम्बन्धी कार्य मध्यम रहला । प्रेम सम्बन्ध भने सुदृढ बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने पनि हुन सक्नेछ ।
तुलाः तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त हुनेछ । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ ।
बृश्चिकः आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक तथा सेवामूलक कार्यमा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुने देखिन्छ ।
धनुः रोजगारी तथा व्यवसायमा घाटा हुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । राजनीतिक र प्रशासनिक क्षेत्रको कार्यमा बाधाहरू आउनेछन् । यात्राको अवसर प्राप्त हुनेछ । नोकरी वा पेशामा आफ्नो क्षमतालाई दर्शाउने मौका मिल्नेछ ।
मकरः अप्ठ्यारो समयमा सहयोगीहरूले साथ छोड्न सक्नेछन् । तर काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । उत्साह र आत्मविश्वासमा कमी आउन नदिनुहोला । कार्यशैलीमा परिवर्तन हजुरको लागि लाभदायी रहनेछ ।
कुम्भः आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
मीनः शत्रुमाथि विजय हुने समय रहेको छ । सुख दुःखले कर्मलाई निरन्तरता दिनुपर्ला । छोटो मिठो यात्राको अवसर पनि मिल्न सक्नेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ । कहिं कतैबाट कुनै कामका लागि तपाईंलाई सम्झिइनेछ ।



