• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

चितवन, जेठ ०५-  चितवनमा टिभिएसको किङ्सको तीन पाङ्ग्रे विद्युतिय अटो सार्वजनिक गरिएको छ । जगदम्बा मोटर्सस अन्तरगतको मालाश्री मोटर्सले अधिक कमाई, अबल रोजाइ भन्ने नाराका साथ  सोमबार नारायणगढमा एक कार्यक्रमको आयोजना गरी विद्युतिय अटो सार्वजनिक गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा चितवनमा विद्युतिय अटो बजारमा ल्याएको मालाश्रीका प्रोजेक्ट हेड हरि न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार एक पटक फुल चार्ज गरिएको यस विद्युतीय अटोले सडक राम्रो भएको तराई क्षेत्रमा १७९ किलोमिटरसम्म गुड्न सक्नेछ । यद्यपि पहाडी तथा हिमाली क्षेत्रमा न्यूनतम सय किलोमिटरसम्म गुड्ने न्यौपानेको दावी छ । प्रतिघण्टा ६० किलोमिटरसम्म गुड्ने उहाँले बताउनुभयो । विद्युतीय अटो सस्तो र सर्वसुलभ समेत हुने उहाँले बताउनुभयो ।

‘सय किलोमिटर गुड्दा कम्तिमा ४ लिटर पेट्रोल लाग्छ । सय किलोमिटर गुडेको विद्युतीय ९२ रुपैयाँको विद्युत खपत गर्छ,’ उहाँले भन्नुभयो ‘कम्तिमा साढे तीन वर्षमा अटोले आफ्नो खर्च उठाउँछ।’ उहाँका अनुसार यस अटोलाई आठ लाख २४ हजार ९०० रुपैयाँमा पर्दछ ।

चितवनमा टिभिएस किङ्सका सामान सन् २०१६बाट भित्रिएका हुन् । त्यसलाई परिमार्जन गर्दै टिभिएस किङस जिएस २०० सिसिको भेरियन्ट नेपाली बजारमा ल्याइएको थियो । त्यस्तै सन् २०१९मा कम्पनीले २२५ सिसि क्षमताको नयाँ भेरियन्ट टिभिएस किङस डुरामेक्स बजारमा ल्याएको मालाश्री मोटर्सका प्रमुख भिमसेन श्रेष्ठले जानकारी दिनुभयो । अहिले यसलाई परिमार्जन गर्दै कम्पनीले नेपालमा पहिलोपटक विद्युतीय मोडलको टिभिएस किङस इभि म्याक्स सार्वजनिक गरेको बताउनुभयो । उहाँका अनुसार नेपालमा बिक्री हुने अटो मध्ये ७० प्रतिशत अटो टिभिएसकै छन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवि सुवेदीले विद्युतीय सवारी साधनले वातावरणलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै युवाहरुलाई स्वरोजगार समेत दिने बताउनुभयो । अहिले अटो चलाउने अधिकांश चालकसँग सवारी चालक अनुमति पत्र नभएको बताउँदै उहाँले यसका लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको समेत बताउनुभयो ।

उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजन पियाले चितवनमा विद्युतीय सवारी साधनको माग बढ्दो रहेको बताउनुभयो । विद्युतीय सवारी साधनले विदेशी नेपाली पैसा विदेशमा जानबाट रोक्ने बताउँदै यस तर्फ राज्यले समेत विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले वातावरण मैत्री सवारी साधन चितवनमा भित्रनु राम्रो भएको बताउँदै सवारी दुर्घटना न्यूनिकरण तर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो । थापाका अनुसार चितवनमा यसवर्ष ठुलो दुर्घटना मध्ये अटो दुर्घटना रहेको छ । एउटा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । उहाँका अनुसार चितवनमा सवारी दुर्घटनाबाट औसतमा तीन दिनमा एक जनाको मृत्यु हुने गरको छ ।

मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.