बुटवल, साउन २९- केहीबेरको वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथ जलमग्न बनेको छ । नालीको उचित निकास र व्यवस्थापन नहुँदा बुटवलको लक्ष्मीनगर क्षेत्रबाट आएको भलले अमरपथ र हाटबजार क्षेत्र जलमग्न भएको हो ।
लेदो माटोसहितको भलले अमरपथ क्षेत्रमा केही समय सवारी साधन चलाउन र आवागमनमा समस्या भएको थियो । स्थानीयले नालीमा जम्मा भएका प्लास्टिक लगायत अवरोध हटाएपछि एक घण्टापछि डुबान हटेको छ ।