• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटको ऐतिहासिक प्रथम भेला सम्पन्न


गैडाकोट, नवलपरासी (बर्दघाट सुस्तापूर्व) – गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटको प्रथम ऐतिहासिक भेला हिजो गैडाकोट नगरपालिकाको वडा नं. ५ स्थित गैडाकोट रिसोर्टमा भव्यताका साथ सम्पन्न भएको छ। गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको प्रमुख आतिथ्यता तथा ज्येष्ठ अभियन्ता रामहरी पन्थीको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमले गुल्मी र अर्घाखाँचीका गैडाकोटवासी बीच एकता र सहकार्यको नयाँ अध्याय थालेको छ।

प्रमुख अतिथि खनालले आफ्नो मन्तव्यमा सम्पर्क समाजको महत्त्व र आवश्यकतामाथि प्रकाश पार्दै भन्नुभयो, “गुल्मी र अर्घाखाँचीका गैडाकोटवासी दाजुभाइ दिदीबहिनीहरूको यो एकताले निश्चय नै सकारात्मक परिणाम ल्याउनेछ। गैडाकोट नगरपालिकाले यस समाजको हरेक सुख-दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दछ।”

भेलाले गुल्मी धुर्कोट जन्मघर भई हाल गैडाकोट-५ निवासी गोविन्द घिमिरेको अध्यक्षतामा 19 सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ। नवगठित समितिमा उपाध्यक्ष पदमा विष्णुमाया पन्थी, सचिवमा ईश्वरी प्रसाद घिमिरे, कोषाध्यक्षमा पदम अधिकारी र सहसचिवमा बाबुराम पोखरेल चयन हुनुभएको छ। अन्य सदस्यहरूमा भक्तिराम आर्याल, शिव शंकर लामिछाने, सुधा ज्ञवाली, राम शर्मा, काशिराम गौतम,  कृष्णप्रसाद भण्डारी, पूर्णप्रसाद भुसाल, सवित्रि भण्डारी सापकोटा, भरत गौतम, रबिलाल खराल, कृष्ण पाण्डे, मोतिलाल खराल, रोशन दर्लामी मगर र चन्द्रकला खराल चयन हुनुभएको छ । त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजक गणेश उपाध्याय, सदस्यहरुमा गिता आचार्य गौतम, अञ्जु ज्ञवाली रहनुभएको छ ।

भेला व्यवस्थापन तथा समिति चयन कार्यदलका संयोजक विष्णु कँडेलले नयाँ समितिको घोषणा गर्दै भन्नुभयो, “हामीले समावेशी र प्रतिनिधिमूलक समिति बनाउने प्रयास गरेका छौं। यस समितिले गुल्मी र अर्घाखाँचीका गैडाकोटवासीको हित र विकासका लागि काम गर्नेछ भन्ने विश्वास लिएका छौं।”

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यदलका सदस्य शेखर पोखरेलले भन्नुभयो, “आजको यो भेलाले हाम्रो एकताको जग बसालेको छ। यसले हाम्रो जन्मभूमि र कर्मभूमि बीचको सेतुको काम गर्नेछ।”

विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। गणेश घिमिरे, रविलाल खराल, विष्णु पन्थी र भरतमणि गौतम लगायतका वक्ताहरूले समाजको आवश्यकता र यसले पुर्‍याउन सक्ने योगदानबारे आ-आफ्ना विचारहरू राख्नुभयो।

नवनिर्वाचित अध्यक्ष गोविन्द घिमिरेले धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “हामीलाई दिइएको यो जिम्मेवारी पूरा गर्न हामी कटिबद्ध छौं। हामी सबैको सहयोग र समर्थनले मात्र यो संस्था सफल हुन सक्छ।”

कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव एवं कार्यदल सदस्य ईश्वरी प्रसाद घिमिरेले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

जन्मभूमिप्रतिको मायाले प्रेरित भई गुल्मी र अर्घाखाँचीका उल्लेख्य संख्यामा व्यक्तिहरू यस भेलामा सहभागी भएका थिए। यसले गैडाकोटमा बसोबास गर्ने गुल्मेली र अर्घाखाँचेली समुदायको एकता र सहकार्यको भावना झल्काएको छ।

यो भेलाले गुल्मी र अर्घाखाँचीका गैडाकोटवासी बीच सामाजिक, सांस्कृतिक र आर्थिक सहयोग बढाउने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय विकास र समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

आइतबार, असार २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.